बस दुर्घटना : आठको मृत्यु, १८ घाइते

बस दुर्घटना : आठको मृत्यु, १८ घाइते

फिस्लिङ : काठमाडौंबाट स्याङ्जाको वालिङतर्फ जाँदै गरेको यात्रुवाहक बस चितवनको इच्छाकामना-३, खानीखोलामा दुर्घटना भई खोलामा खस्दा आठ जनाको मृत्यु भएको छ। १८ जना घाइते छन्।

तीव्र गतिमा गुडिरहेको ना६ख २५०६ नम्बरको बस र धोएर गुड्ने तयारी गरिरहेको ना५ख ७४०९ नम्बरको ट्रक मध्यान्ह १२ बजे आपसमा ठोक्किँदा बस खोलामा खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा दुई महिला, पाँच पुरुष र एक जना डेढ वर्षे बालक छन्।

मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका-५ का २७ वर्षीय सुमित श्रेष्ठ, सोही ठाउँकी २७ वर्षीया कमला श्रेष्ठ, तनहँुकै केशवटारका ४० वर्षीय बाबुराम तिवारी र काठमाडौंका ३० वर्षीय रविन गुरुङ, पाल्पा वेगनास कालिकाका अर्जुन न्यौपाने, भारत घर भएका फिरोज मियाँ छन्। मृतकमध्ये डेढ वर्षका एक बालक र करीब १९ वर्षकी एक किशोरीको भने शुक्रबार साँझ अबेरसम्म सनाखत हुन नसकेकोे चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।

दुर्घटनामा परी घाइते हुनेमा छ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। बसका चालक स्याङ्जा पुतलीबजार-१ का उदयराज लामिछाने, चितवन कालिका नगरपालिका शक्तिखोरका क्रिस गुरुङ, कास्की पोखराका भक्तबहादुर बस्नेत, नुवाकोट विदुर नगरपालिका-५ निवासी सौजन गजुरेल, कास्की पोखराका मेघबहादुर पुन र तनहुँको डुम्रे भन्सारका विष्णु श्रेष्ठको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको हो।

त्यस्तै चार घाइतेको मनकामना अस्पताल भरतपुरमा उपचार भइरहेको छ। धादिङको नीलकण्ठ नगरपालिका-६ की रमिता राना, स्याङ्जा वालिङ नगरपालिका-९ का प्रमोद पंगेनी, पर्वत कुश्मा नगरपालिका-१४ का वासुदेव पौडेल र तनहुँको छिम्केश्वरी गाउँपालिका-५ का प्रतिमाया गुरुङको मनकामना अस्पतालमा उपचार भइरहेको हो।

अन्य छ जना घाइतेको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको छ। वालिङ नगरपालिका- ९ स्याङ्जाका एनएल गर्चन, सोही नगरपालिका-१३ का रमेश थापा, सोही नगरपालिका-१२ का निमेष न्यौपाने, सोही नगरपालिका-८ का दिलबहादुर थापा र स्याङ्जा पुतलीबजारका मीनप्रसाद तिवारीको मणिपाल अस्पतालमा उपचार भइरहेको जिप्रका चितवनले जनाएको छ।

घाइते भानु ६ तनहुँका रामबहादुर खड्काको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा र गजुरी धादिङका सन्तोष सुवेदीको गजुरीकै स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटना भएको १० मिनेटमै इप्रका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक धर्म केसी नेतृत्वको २० जनाको टोली घटनास्थल पुगेर उद्धार कार्यमा जुटेको थियो। त्यस्तै जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी प्रभुप्रसाद ढकाल नेतृत्वको टोली, सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारका सशस्त्र प्रहरीको टोली र धादिङ गजुरीको प्रहरी टोली उद्धारका लागि पुगेका प्रत्यक्षदर्शीले बताए। संयुक्त टोलीले एक घण्टा अवधिमा सबै घाइतेलाई खोलाबाट बोकेर सडकमा उतारी अस्पताल पुर्‍याएको उद्धार कार्यमा खटिएका इप्रका मुग्लिनका इन्स्पेक्टर धर्म केसीले बताए।

पृथ्वी राजमार्गको फिस्लिङ र चुम्लिङटारबीचमा रहेको सडकबाट बस करीब २० मिटर तल त्रिशुली नदी किनारमा खसेको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.