प्रधानमन्त्रीलाई सांसदको प्रश्न : बलात्कार भयो भन्दा लाज लाग्दैन ?
काठमाडौं : मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरेका छन्। सम्बोधनपछि सांसदले प्रधानमन्त्रीलाई समयसामयिक विषयमा प्रश्न गरेका छन्। कांग्रेस सांसद सञ्जय गौतमले बलात्कारका घटनाका विषयमा प्रश्न गरे।
‘बलात्कार र महिला हिंसा भइरहँदा प्रधानमन्त्रीलाई अलिकति पनि लाज लाग्दैन ?’ सांसद गौतमको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले महिला हिंसा र बलात्कारका घटनामा सरकार गम्भीर भएको बताए। सांसदले कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनालाई विशेष गरी उठाएका छन्।
सांसद सरिता गिरीले नयाँ संविधान जारी भइसकेपछि महिला हिंसा बढेको भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरिन्। उनले संविधानले नै महिललालाई दोस्रो दर्जाको नागरिक बनाएको आरोपसमेत लगाइन्।
सांसद लक्ष्मी परियारले बलात्कारपछि माया बिकलाई ५ लाख दिएर टुंग्याएको घटनाप्रति आपत्ति जनाइन्। सांसद ज्ञानेन्द्रबहादुर कार्कीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार भएर हत्या भएको एक महिनापछि मात्र अनुसन्धान सुरु भएको विषयमा प्रधानमन्त्रीलाई प्रश्न गरे।
प्रतिक्रिया दिनुहोस !