एक सातापछि पूर्णरूपमा हट्यो कञ्चनपुरको कर्फ्यू
कञ्चनपुर :एक सातादेखि कञ्चनपुरको भीमदत्तनगरपालिकामा लगाइँदै आएको कर्फ्यू आजदेखि पूर्णरुपमा हटाइएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले भीमदत्तनगरपालिकाको जनजीवन सामान्य बन्दै गएपछि कफ्र्यू हटाउने निर्णय गरेको हो ।
गत शुक्रबारदेखि दिउँसो र राति गरी कर्फ्यू लाग्दै आएको थियो । जनजीवन सामान्य बनाउन जिल्ला प्रशासन कार्यालयले कफ्र्यूलाई खुकुलो पार्दै आएको थियो ।
प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जनजीवन सामान्य बन्दै गएकाले कर्फ्यू पूर्णरुपमा हटाइएको जानकारी दिए ।
तेह्र वर्षीया किशोरी निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै भएको प्रदर्शनले उग्र रुप लिएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो । रासस
प्रतिक्रिया दिनुहोस !