सात दिनमा ६ बलात्कार, अधिकांश आफन्तबाटै

सात दिनमा ६ बलात्कार, अधिकांश आफन्तबाटै

प्रदेश ब्युरो 

 बुटवल :  एक साताभित्रै प्रदेश ५ मा आधा दर्जन बलात्कारका घटना सार्वजनिक भएका छन् । तीमध्ये तीन जना बालिका छन् । मंगलबार बाँकेको कोहलपुरमा पाँच वर्षीया बालिकामाथि काकाले बलात्कार गरेको मुद्दा प्रहरीकहाँ पुगेको खबर नसेलाउँदै शुक्रबार १३ वर्षीया बालिका आफ्नै हजुरबुवाबाट बलात्कृत भएकी छन् ।

कोहलपुर नगरपालिका–३ निवासी ७० बर्से वृद्धले नातिनीलाई तीन वर्षदेखि यौन शोषण गर्दै आइरहेको रहस्य खुलेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका सूचना अधिकारी मानबहादुर बिसीका अनुसार पीडित बालिकाले शुक्रबार प्रहरीमा हजुरबुवाविरुद्व उजुरी दिएकी छन् ।

आरोपी वृद्धलाई शुक्रबारै पक्राउ गरी प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ । शुक्रबारै पीडित बालिकाको स्वास्थ्य परीक्षण गराइएको प्रहरीले जनाएको छ । आरोपीलाई पक्राउ गरिए पनि शनिबार बिदा भएकाले आइतबार मात्रै जाहेरी दर्ता गरिने कोहलपुर प्रहरीले जनाएको छ ।

त्यस्तै मंगलबार कोहलपुर नगरपालिका–३ मैटहवामा पाँच वर्षीया बालिका बलात्कृत भएकी थिइन् । नाताले काका पर्ने भारत उत्तरप्रदेश डिन्नी रहेली घर भई कोहलपुर–४ बस्ने १५ बर्से किशोर हरूण खाँले घर पु¥याइदिने भन्दै आफ्नो कोठामा लगेर जबर्जस्ती करणी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार पनि रूपन्देहीमा ६ वर्षीया बालिका बलात्कारको सिकार भइन् । कञ्चन गाउँपालिकाकी उनलाई २० बर्से विकल भन्ने खेमबहादुर पुनले बलात्कार गरेका थिए । मावली घर आएकी उनलाई राति चकलेट दिन्छु भन्दै उनले बलात्कार गरेका हुन् ।

तीन दिनअघि बुटवलको ज्ञानपुञ्ज विद्यालयका प्रिन्सिपल तोयाराम पौडेल यौनहिंसा आरोपमा पक्राउ परेका छन् । उनले विद्यालयको छात्रावासमै छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोप छ ।

बिहीबार गुल्मी रजस्थलका ५६ बर्से धनबहादुर चुँदाराले ३५ वर्षीया एक महिलामाथि बलात्कार गरेका थिए । खेतमा पानी लगाएर फर्किंदै गरेकी उनीमाथि उक्त घटना भएको हो ।

रोल्पामा एक सातामा बलात्कारका दुई मुद्दा प्रहरीकहाँ पुगेका छन् । शुक्रबार मात्रै साढे ६ वर्षीय बालिकामाथि भएको बलात्कारको मुद्दा प्रहरीकहाँ आएको हो । रोल्पा नगरपालिकाभित्रकै एक बालिकालाई उनको नाताभित्रैका १५ वर्षीय किशोरले बलात्कार गरेको अभिभावकले जाहेरीमा लेखेका छन् ।

छोरीमाथि जबरजस्ती भएको भन्दै बालिकाका परिवारले शुक्रबार प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक दीपक खड्काले बताए । ११ दिनअघि सो घटना भएको परिवारले जनाएका छन् ।

छोरी बिरामी भएपछि परिवारले उपचारका लागि स्वास्थ्य संस्थामा लगेका र परीक्षणपश्चात् स्वास्थ्यकर्मीले करणी भएको पुष्टि गरेका हुन् । बालिकालाई सोधपुछ गर्दा आमाको भदै नाता पर्ने किशोरले आफूमाथि करणी गरेको बताएकी छन् ।

आफूमाथि जबरजस्ती करणी भएको भन्नेसमेत थाहा नपाएकी बालिकाले शारीरिक पीडाबारे अभिभावकसँग खुलाएकी थिइनन् । खाना नखाने, टोलाउने र ज्वरो आउन थालेपछि अभिभावकले उपचारार्थ स्वास्थ्य संस्थामा लगेका थिए ।

रोल्पा जिल्ला प्रहरी प्रमुख खड्काका अनुसार आरोपित किशोरलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ । ‘पीडित परिवारको जाहेरीका आधारमा किशोरलाई पक्राउ गरी अनुसन्धान कार्य अघि बढाएका छौं’, खड्काले भने, ‘बालिकालाई स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल पठाएका छौं, डाक्टरको रिपोर्ट आएको छैन ।’

पक्राउ परेका किशोरलाई आइतबार अदालतमा पेस गरिने प्रहरीले बताएको छ । रोल्पामा बितेका चार वर्षमा जबर्जस्ती करणी र यसअन्तर्गत २७ घटना भएका छन् ।

बोक्सी भन्दै सासूको हत्या

आफूलाई बोक्सी लागेको भन्दै दाङमा बुहारीले सासूको हत्या गरेकी छन् । दंगीशरण गाउँपालिका–३ की टन्की रावतले ६९ वर्षीया सासू खोपी रावतको हत्या गरेकी हुन् ।

सासूले बोक्सी लगाएकै कारण आफू पटक पटक बिरामी परेको भन्दै सल्यानमा लगेर हत्या गरेको टन्कीले बयान दिएकी छन् । भदौ २ गते सल्यान लगेको र ५ गते हत्या गरेको उनले बयानमा उल्लेख गरेकी हुन् । इलाका प्रहरी कार्यालयले टन्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.