‘स्मार्ट लाइसेन्स’ टेन्डर : डेढ महिनासम्म एउटा पनि प्रस्ताव परेन, एक हप्ता म्याद थप
काठमाडौं : यातायात व्यवस्था विभागले ‘स्मार्ट लाइसेन्स’ र ‘मास प्रिन्टर’ खरिदकाका लागि टेन्डर आह्वान गरेको डेढ महिनासम्म एउटा पनि प्रस्ताव नपरेपछि म्याद थप गरेको छ।
बुधबार फेरि एक हप्ताका लागि टेन्डरको म्याद थप गरेको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए।
विभागले भदौ २१ गते स्मार्ट लाइसेन्स र मास प्रिन्टर खरिद गर्न टेन्डर आह्वान गरेको थियो। तोकिएको अवधिसम्म कुनै प्रस्ताव नपरेपछि विभागले एक हप्ताका म्याद थप गरेको हो।
विभागले भदौ २१ गते टेन्डर आह्वान गर्दा ६ लाख कार्डका लागि प्रस्ताव गरेको थियो। अहिले भने चार लाख थप गरेर १० लाख पुर्याएको छ। बुधबार थपिएको टेन्डरको म्याद कात्तिक १५ गतेसम्म छ।
प्रतिक्रिया दिनुहोस !