प्रकाशमानको निवासमा पौडेल पक्षको गुटभेला
काठमाडौं : प्रस्तावित नयाँ विधानका अन्तरवस्तुमा विवाद भइरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाइतरका नेताहरूको बैठक बसेको छ। आइतबार बिहान नेता प्रकाशमान सिंहको ठमेलस्थित निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय नेताहरू भेला भएका थिए।
छलफलमा सोमबारदेखि बस्ने केन्द्रीय समिति बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको नेताहरूले बताएका छन्। बैठकमा सहभागी एक नेताका अनुसार भोलिदेखि सुरु हुने बैठकमा विधान मस्यौदामा एकरुपता जनाउने तयारीका लागि बैठक भएको हो।आइतबारदेखि सुरु हुने कांग्रेसको केन्द्रीय समिति बैठकमा आर्थिक प्रतिवेदन, राजनीतिक प्रतिवेदन तथा विधान मस्यौदालाई अन्तिम रुप दिने तयारी छ। १० दिनदेखि पार्टीको विधान मस्यौदामाथि भइरहेको कांग्रेसको छलफल शनिबार सकिएको छ जहाँ पार्टीका पदाधिकारीले पनि केन्द्रीय सदस्यहरू झैं फरक-फरक धारणा राखेका छन्।
बिहान करिब तीन घण्टा भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला, मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसी, नवीन्द्रराज जोशी, कमला पन्त, दीलेन्द्र बडु लगायत सहभागी थिए।
प्रतिक्रिया दिनुहोस !