निर्मला हत्या प्रकरण : प्रमाण लुकाएको आरोप लागेका प्रहरी धरौटीमा रिहा
कञ्चनपुर : निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान गर्दा प्रमाण लुकाएको आरोप लागेका ६ प्रहरीलाई कञ्चनपुर जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।
प्रहरीको बयान र थुनछेक बहसपछि जिल्ला अदालतको बहस बुधबार सकिएको हो।
तत्कालीन डिएसपी ज्ञानबहादु सेठ्ठिलाई ९ लाख, इन्सपेक्टर एकिन्द्र खड्कालाई ९ लाख, सब इन्सपेक्टर जगदीश भट्टलाई चार लाख, सइ हरिसिंह धामीलाई साढे ३ लाख, सइ रामसिंह धामीलाई ३ लाख र प्रहरी जवान चाँदनी साउदलाई साढे २ लाख धरौटीमा रिहा गरेको हो।
प्रतिक्रिया दिनुहोस !