बाढी आएपछि गाईवस्तु हेर्न टापुमा गएका चार जना अलपत्र
सिरहा : सिरहाको कल्याणपुर नगरपालिका–५ स्थित कमला नदीको टापुमा रहेको गाईवस्तुको गोठमा गएका चार जना अलपत्र परेका छन् । बिहीबार साँझ गाईवस्तुको हेरचाहा गर्न गोठ पुगेका उनीहरु बाढी आएपछि अलपत्र परेका हुन्।
निर्दना गाउँका रसिन्द्र दास, सुकदेव दास, कन्चन मण्डल, कुनमा महतो र उनकी श्रीमती गाईवस्तु हेर्न कमला नदीको टापुमा बनाएको गोठमा पुगेका थिए । बाढी आएपछि उनीहरु बाहिर आउन नसकेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी अपिलराज बोहराले जानकारी दिए । पाँच जनामध्ये एक जनालाई उद्धार गरिएको उनले उनले बताए ।
प्रतिक्रिया दिनुहोस !