रविलाई बचाउ गर्ने निकिताको उजुरी प्रहरीले किन लिएन?

रविलाई बचाउ गर्ने निकिताको उजुरी प्रहरीले किन लिएन?

काठमाडौं : आत्महत्या दुरुत्साहनको अभियोगमा प्रहरी अनुसन्धानमा रहेका पत्रकार रवि लामिछानेकी श्रीमती निकिता पौडेल पनि प्रहरीकहाँ पुगेकी छन्। उनी भिडियो किर्ते गरी रविलाई फसाइएको भन्दै बुधबार उजुरी दर्ता गर्न महानगरिय प्रहरी परिसर टेकु पुगेकी हुन्।  

तर, प्रहरीले उनको उजुरी दर्ता गर्न मानेन। भिडियोको विषय आफ्नो कार्यक्षेत्रभित्र नपर्ने भन्दै प्रहरीले उनलाई फिर्ता पठाएको हो। 

‘उहाँहरु उजुरी लिएर आउनुभएको थियो। उहाँको उजुरी हाम्रो कर्यक्षेत्रमा नपर्ने भएकाले सम्बन्धित ठाउँमा गएर उजुरी दिन सुझाव दिएर हामीले फर्काएका हौं’, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले भने।  

प्रहरी अनुसन्धानमा रहेको पत्रकार शालिकराम पुडासैनीको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको आरोप निकिताले विभिन्न व्यक्तिलाई आरोप लगाएकी छन्।

मंगलबार रविसहित तीन जनालाई दोस्रो पटक म्याद थप गरी अनुसन्धान गरिरहेको छ। लामिछानेसहित रुकु कार्की (अस्मिता) र युवराज कँडेलविरुद्ध शालिकराम पुडासैनी आत्महत्या दुरुसाहन मुद्दामा अनुसन्धान भइरहेको छ। शुक्रबार चितवन जिल्ला अदालतले रविसहित तीनैजनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न निर्देशन दिएको थियो। 

रवि र युवराजलाई प्रहरीले बिहीबार साँझ न्युज २४ च्यानलको कार्यालय पानीपोखरीबाट पक्राउ गरेको थियो। बिहीबार दिउँसो पक्राउ परेकी अस्मितासहित तीनैजनालाई प्रहरीले बिहीबार राति चितवन पुर्‍याइको थियो। 

पुडासैनीकी पत्नी सम्झना पुडासैनीले पनि आइतबार काठमाडौं प्रहरी परिसरमा पुगेर लामिछानेसहित तीनविरुद्ध किटानी जाहेरी दिएकी छन्। पुडासैनीले आत्महत्याअघि आफूलाई मर्न बाध्य पारेको भन्दै रेकर्ड गरेको भिडियो सार्वजनिक भएपछि उनीहरु पक्राउ परेका थिए। 

उक्त भिडियो पुडासैनीको मोबाइलमा फेला परेपछि प्रहरीले फरेन्सिक जाँच गर्दा भिडियो आफैं खिचेको पुष्टि भएको प्रहरीले जनाएको छ। पुडासैनीकै आवाजको भिडियो रहेको पुष्टिपछि थप अनुसन्धान गर्न लामिछाने, कार्की र कँडेललाई पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.