चाबहिलमा घर भत्किँदा ४ जना घाइते (अपडेट)
कठमाडौं : चाबहिलस्थित मूल सडकमै घर भत्किएको छ। बुधबार दिउँसो भत्किएको उक्त घरमा परी ४ जना घाइते भएका छन्।
घाइते मध्ये एकजना बाटोमा हिँडिरहेका र तीनजना मजदुर रहेको महानगरीय प्रहरी वृत्त गौशालाका सई पूर्ण कार्कीले जानकारी दिए। उनका अनुसार धाइते दुई जनाको अवस्था सामान्य छ । उनीहरु घर फर्किसकेका छन् । अन्य दुई जनाको दीर्घायु अस्पतालमा उपचार भइरहेकाे छ ।
चार दिनदेिख पुरानाे घर भत्काउन थालिएको थियो। तर, बुधबार भत्काउने क्रममा एक्कासी ढलेको हो।

प्रतिक्रिया दिनुहोस !