शास्त्रीय आधार छ लिपुलेक नेपालकै हो : जगद्‍गुरु

शास्त्रीय आधार छ लिपुलेक नेपालकै हो : जगद्‍गुरु

काठमाडौं : नेपालका जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले लिपुलेक नेपालमै रहेको बलियो प्रमाण शास्त्रमा भएको बताएका छन्। नेपालको कुम्भलाई भारतका सबै अखडा र सन्त समाजले स्वीकार गर्दै आफूलाई सम्मान गरेको जानकारी दिन शंखमूलस्थित आश्रममा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

सञ्चारकर्मीको जिज्ञासामा देवाचार्यले भने, ‘मानस खण्डमा प्रष्ट उल्लेख छ, लिपुलेक नेपालको दार्चुला जिल्लामा पर्छ।’ उनका अनुसार, दार्चुलाको दारुक वनमा लिपुलेक पर्छ। ‘लिपु पर्वत वेदव्यासको तपस्थली हो, शंकर भगवान् प्रकट भएको स्थान यही पर्वत हो’, उनले भने, ‘पानीको हाहाकार भएको बेला उनले जटामा त्रिशूल प्रहार गर्दा गंगा बग्न थालिन् त्यही गंगा महाकाली भएर बगिरहेको छ।’ 

राजनीतिक रुपमा समस्या समाधान गर्ने काम सरकारको भएको भन्दै शास्त्रीय प्रमाणका आधारमा लिपुलेकमा कुनै विवाद नहुने उनले तर्क गरे।

लामो विवादपछि वर्षौंको अध्ययन अनुसन्धान गरी नेपालको सुनसरीस्थित चताराधाममा कुम्भ लाग्न सक्ने शास्त्रीय प्रमाण तय गरी जगद्गुरुले कुम्भ लगाउन थालेका हुन्। कौशिकी नदी किनारमा १६० वर्षअघि कुम्भ लागेको लगायतका प्रमाण पेश गरेपछि भारतको काशी विद्धत सभाले उनलाई जगद्गुरुको उपाधि दिएको थियो। 

कुम्भ लागे पनि केही भारतीय सन्त आदिले कुम्भ भारतबाहेक अन्यत्र नहुनेजस्ता तर्क आइरहेको बेला भारतका चार स्थानमा कुम्भ लगाउने अखडा र सन्तले बालसन्तलाई सम्मान गरेका छन्।

‘अनावश्यक तर्क र विवाद निकालेका बेला वृन्दावनमा गतसाता मलाई सम्मान गर्नुले नेपालमा अब विद्धानसँगै सबै अखडा र सन्तले कुम्भ स्वीकारेको पुष्टि भएको छ’, जगद्गुरु बालसन्तले भने, ‘यो नेपालकै गर्वको विषय हो।’ 

नेपालका जगद्गुरुलाई अखिल भारतीय श्रीपञ्चका रामानन्दी, झाँडिया, राधावल्लभीय, मालाधारी, विष्णुस्वामी, हरिव्यासी महानिर्वाणी, रामानन्दी निर्वाणी, हरिव्यास निर्वाणी, रामानन्दी निरालम्बी र रामदिगम्बर अखडाबाट सम्मान गरिएको हो। उनलाई श्रीनिम्बार्क संस्कृत महाविद्यालयले पनि अभिनन्दन गरेको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.