कांग्रेस विवाद : निर्णय सच्याउन देउवा तयार

कांग्रेस विवाद : निर्णय सच्याउन देउवा तयार

काठमाडौं : कांग्रेसभित्र देखिएको विवाद अन्त गर्न सभापति शेरबहादुर देउवा पुस ११ गतेको पार्टी निर्णय सच्याउन तयार भएका छन्। बहुमतबाट गरिएको निर्णय नमान्ने भन्दै जिल्ला सभापति भेला बोलाएको असन्तुष्ट समूहलाई सहमतिमा ल्याउन सभापति देउवा अग्रसर भएका हुन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक, क्रियाशील सदस्यतासम्बन्धी विधानको धारा निलम्बन गर्ने र विभाग संख्या बढाउने निर्णय सच्याउनुपर्ने अडान राखेपछि सभापति देउवा सकारात्मक देखिएका हुन्।

‘महाधिवेशनको मिति यथावत राखेर बाँकी कार्यतालिकामा सहमतिका लागि सभापति तयार हुनुहुन्छ,’ कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले भने, ‘उहाँहरुले राखेका असहमतिका सबै विषयमा छलफल गर्न र समाधान निकाल्न सभापतिज्यू सकारात्मक हुनुहुन्छ।’

असन्तुष्ट समूह महाधिवेशन अर्को वर्ष फागुन ७ देखि १० गतेकै मितिमा गर्ने केन्द्रीय समितिको निर्णय मान्न तयार भएपनि आन्तरिक कार्यतालिका संशोधन गर्नुपर्ने, क्रियाशील सदस्यतासम्बन्धी विधानको धारा निलम्बन गर्ने व्यवस्था हटाउनुपर्ने र भ्रातृसंस्थामा सम्मानजनक हिस्सेदारीको खोजीमा छ। 

‘आज क्रियाशील बन्ने अनि भोली मतदाता र उम्मेदवार बन्न पाउने व्यवस्था पार्टी विधि विधान र परम्परा विपरीत छ, यसलाई स्वीकार्न सकिँदैन, क्रियाशील सम्बन्धी अरु धारा निलम्बन गर्नुपर्ने आवश्यकता छैन,’ कांग्रेस केन्द्रीय सदस्य गुरु घिमिरले भने, ‘एक वर्षभित्रै स्थानीय तहको अधिवेशन र तीन महिनाभित्र प्रदेश र महाधिवेशन प्रतिनिधिको निर्वाचन गर्ने कुरा अलि अव्यवहारिक छ। यसमा पनि सुधार गर्नुपर्छ।’

कांग्रेस बैठकले पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा ७१ र ५० (५) बमोजिम पार्टीको आगामी अधिवेशन र महाधिवेशनको प्रयोजनका लागि धारा ४ (२), धारा ४ (१०) (ञ), धारा ४ (१२) (ख), धारा ३५ (२) (घ) र धारा ५०(६) निलम्बन गरेको थियो। विभागको संख्या २८ बाट ४७ पुर्‍याउने, तरुण दलको समयावधि ६ महिना थप गर्ने र नेविसंघका बारेमा कांग्रेसभित्र कुरा मिल्न सकेको छैन।

पार्टीभित्रको विवाद मिलाउन यतिबेला युवा नेता सक्रिय भएका छन्। केन्द्रीय सदस्य एनपी साउद, चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, प्रदीप पौडेल, गुरु घिमिरे, सरिता प्रसाईंलगायतका नेताले पार्टी नेतृत्वलाई भेटेर सहमतिका लागि दवाव दिँदै आएका छन्।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले पनि महाधिवेशनको मिति हेरफेर नगरी बाँकी सबै विषयमा सहमति गर्न सभापति सकारात्मक भएको बताए।

‘महाधिवेशन त्यही मितिमा हुन्छ, बाँकी विधानको धारा निलम्बनदेखि विभाग र भ्रातृसंस्थाका विषयमा सहमति गर्न सकिन्छ, यसका लागि वार्तामा आउनुपर्‍यो। गुटगत भेला र बैठकले पार्टीलाई थप कमजोर मात्र बनाउँछ,’ उनले भने।

सँगै सोमबारदेखि सुरु जिल्ला सभापति भेला लम्बिएको छ। पार्टी सभापति देउवालाई दबाब दिन संस्थापन इतर समूहले बोलाएको बैठक मंगलबारसमेत चल्यो। भेलामा ४३ जिल्लाका सभापति सहभागी भएको काभ्रे सभापति मधु आचार्यले जानकारी दिए। 

जिल्ला सभापतिहरुले पार्टी विधान अनुसार चल्नुपर्ने र पार्टीभित्रको भागबण्डाको राजनीति अन्त हुनुपर्नेमा जोड दिएका छन्। सभापति देउवाले जिल्ला सभापतिसँग पनि भेट्ने कार्यक्रम रहेको बताइएको छ। 

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जिल्ला सभापति भेलाले पार्टीलाई एकतावद्ध गर्न योगदान गर्ने बताए।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.