छाउगोठको समाधान खोजौं
छाउपडीका चर्चाले सञ्चारजगत् छाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा यो सदाकालको सामाजिक कुरीतिले सरकार, एनजीओ, मानव अधिकार, महिला अधिकार, स्थानीय प्रतिनिधि सबैको टाउको खाएको छ। संविधानका निर्देशक सिद्घान्तले यो मासिहाल्नुपर्ने मर्म देख्छ। भौतिक गोठ भत्काइ“दै लगिएका छन् तर मन भत्केका छैनन्। फर्कीफर्की मन यतै जान्छन्। चलन छुटेका भन्दा छाउगोठ फेरि-फेरि ठडिएका समाचार आउ“दैछन्। बलात्कार र मृत्यु घटनाले मन पिरोलिराखेका छन्। तथ्यांकमा कुरीति, कुसंस्कार, रुढिवादले अ“चेटिराखेको छ। कति किशोरी र नारी बेकालमा ज्यान गुमाउ“दै छन्। आजको वैज्ञानिक समाजमा यस्तो सुन्दासमेत कठोर भएर हेर्न र निर्ममताका साथ नभत्काइनहुने परम्परा भन्न मन लाग्छ।
ससर्ति हेर्दा यो मासिक धर्म वा नछुने बार्ने प्रथाका विरोधमा सबै उभिएका छन्। यसमा धन पानीसरि बगे र समाचारमा धेरै मसी सुकिसके। डलर खनिएकै छन् तर न समाधान आयो न त ख“दिलो उपलब्धि। प्रथा बिलाउनु कता हो कता, यसमा राति गोठमा सुत्ने र बार्ने क्रम घटेका छैनन्। त्यसैले यो अनादि र सनातन समस्यामा स्तम्भकार पृथक् धारमा समाधान सन्दर्भ जोड्न चाहन्छ।
आदिकवि भानुभक्त वैदिक आस्तिकतामा यसरी बोल्छन्, ‘हा रामचन्द्र ! कति जन्म बिताइ पैले ? चौरासी लाख जुनीमा घुमी फेरि ऐले’ आदि-आदि। यसले पूर्वजन्म र भावी जन्मको संस्कार बोक्छ। पूर्वजन्मबारे क्रिस्चियन समाज ह“ुदो पनि आफ्नै विश्वास छ। एउटा मनोचिकित्सक, विश्लेषक र शोधमूलक पाश्चात्य लेखक डाक्टर ब्रायन वाइस् आफ्नो पुस्तक ‘मेनी लाइभ्स, मेनी मास्टर्स’ मा सम्मोहन पद्घतिमार्पmत एउटी मनोरोगीको पूर्वजन्मका घटना उल्लेख गर्छन्। यो किन उल्लेख गरेको भने सनातन परम्परा अर्घेला वा कुसंस्कार जे भए पनि टा“सिएरै रहन्छन् र यो मनोवैज्ञानिक त्रास (साइकोलोजिकल ट्रमा) ले चेतन, अचेतन मन कुटुकुटु खाइरहन्छ।
एकातिर सबैको जीवन चलाउने र बा“च्ने अधिकार हुन्छ भने अर्कातिर सबैका आआफ्ना चलिआएका संस्कृति र संस्कार हुन्छन्। तथापि सबै धार्मिक र पुण्यकारी हुन्छन् भन्ने छैन। हो, छाउगोठ कुपरम्परा हो र यसमा ज्यान जोखिमसम्म छ। तर उता यो प्रथाले काग कराउ“दै छ, पिना सुक्दै छ जस्तो गर्दै छ। प्रचार र प्रयास जति गहिरिए पनि अरूको हैकम केको मान्नु भनेर त्यहा““ अटेर भइरहेको छ। यसमा जनप्रतिनिधिको मनसाय र भूमिका पनि स्पष्ट छैन। फेरि परिवारमूलीले यो बार्न रोक्छन् कि प्रोत्साहित गर्छन्, उनको मन पनि यसमा राम्ररी खुलेको देखिँदैन। यसरी यो नछुट्ने चलनमा एउटा गोठ भत्के अर्को ठडिँदैन भन्ने आधारै छैन। मन भत्केन। चलन टरेर गएन। फेरि अर्को ठडियो। त्यसो त त्यहा“ थाहा छ- छाउ बार्नु ज्यान जोखिम पनि हो, तर यो मास्न फेरि त्यहींका विश्वस्त छैनन् !
उदार मनले हेर्दा छाउपडी एक संस्कृति पालनासम्म हो, अपराध होइन। नछुने बार्नसम्म खोजेको हो। मास्नुभन्दा त्रुटि सच्याउनतिर लाग्नु श्रेयष्कर होइन र ? हाम्रो मर्यादामा मुढेबल झिक्न सुहाउँदैन।
अतः भत्काउने, नभत्काए निन्दा गर्ने वा परिवार सदस्यलाई कानुनी त्रास देखाएर मात्र यो अनादि समस्या हल हुने देखिएन। किन यस्तो भएको हो त भनेर बरु हामीले पहिले आफैंलाई नियाल्नुपर्छ। बिरालोले बाटो काट्यो रे ! हामी साइत बिग्य्रो भन्छौं र बाटोमा टक्क अडिन्छौं। दुई प“धेर्नीले प“धेरामा साउती गर्छन् ः ‘फलाना छिमेकीलाई यस्तो भयो रे ! मैले हिजै राति कस्तो एक तमासको सपना देखेकी थिए“ !’ विद्यार्थीको परीक्षाफल बिग्य्रो वा कम अंक आयो। फलानोको अबासी अनुहार देखेको थिए“ भन्छन् ! बालीनाली सप्रेन वा परदेशका आफन्त फर्किन ढिला भयो भने उसै अन्धविश्वासले हेरिन्छ। यस्ता कति-कति मानसिकता हामीमा गाडिएका छन्।
बुहारी र छोरीमा के फरक छ र (!) भने पनि यो सडकको कुरासम्म हो, भित्र घरमा छोरै चाहिन्छ ! कूल थाम्नुपरेन र ? भन्ने हामी कति छौं कति ? अनि के उदेक मान्नु अभैm हामीमध्येका ठालुसमेत लुकेर भद्रकाली मन्दिरमा रातको १२ बजे रा“गो बलि चढाउन पुग्छौं। सनातनमा पाखण्ड र आडम्बर सबै गा““सिने रहेछ ! आस्तिक नास्तिक, धर्म-अधर्म, आस्था-अनास्था भनिराख्नु पर्दैन। फर्की-फर्की मन त्यतैतिर जाने रहेछ ! बोक्सीका अन्धविश्वास र दसैंमा खसीबोका वा गढीमाई बलिमा जतिसुकै पशु अधिकारकर्मीले चिच्याएर, घा“टी सुकाएर विरोध गरे पनि मेटिन वा छुट्न सकेका छैनन्। वैदिक भन्छन् ः गर्धन छ्याक्क पारेर पशुको यो जुनीबाट अर्को जुनीनिम्ति बाटो खोलि दिनु झन् पुण्य हो। यस्ता भन्ने कुरा कति छन् कति ? हामी आफैं जोखाना, ज्योतिष, धामी, झा“क्री, झारफुक र तान्त्रिक परम्परामा गा“जिएका छौं। त्यसैले भन्छौं- हाम्रो यो जुनी कर्मको लेखा हो र अर्को जुनीनिम्ति हामी गर्ने-नगर्ने सबैथोक गरिराखेका गर्छौं।
‘परम्परा बलीयसि’ ले धेरैथोक भन्छ। यो संस्कृत श्लोक पाखण्डी नभएर यसभित्र न उक्किने र न त चोइटिने संस्कृति छ। भोलि अपराध हुन्छ वा ज्यान जान्छ रे ! भन्नेमा जति सचेत रहे पनि मुढेबल वा कानुनी त्रासका भरमा छाउप्रथा मासिन गाह्रो छ। कफ्र्यु लगाएर हिँड्डुलमा बन्देज लगाए पनि गोली खाएका छन् र उल्लंघनका घटना भएका छन्। त्यसैले उदार मनले हेर्दा छाउपडी एक संस्कृति पालनासम्म हो, अपराध होइन। नछुने बार्नसम्म खोजेको हो। मास्नुभन्दा त्रुटि सच्याउनतिर लाग्नु श्रेयष्कर होइन र ? हाम्रो मर्यादामा मुढेबल झिक्न सुहाउँदैन। बरु यो प्रणालीले मनोवैज्ञानिक, भौतिक सुधार र उदारता खोजेको छ किनभने यसमा राष्ट्र, राष्ट्रत्व, राष्ट्रिय परम्परा र संस्कृतिको अनुसन्धानशील विवेक आउनुपर्छ।
यो प्रणालीले अपाय होइन, उपाय चाहेको छ। पहिलो- सकारात्मक बनौं। त्यसैले बार्ने तर सुरक्षित गोठमा। संविधानको मर्म पनि जोगियो र नछुने बार्ने पनि जोगिए। दोस्रो- यसलाई जडसूत्रवादी, रुढिवादी भन्दै नकारात्मक सोच नलिऔं। तेस्रो- यसनिम्ति तीन तह सरकार उत्तिकै लागौं। भूकम्प पुनर्निर्माण प्राधिकरणजस्तो पचासौं हजार छाउगोठ निर्माणको निकाय गठन गरौं। यसले भौतिक सुविधासम्पन्न र संस्कृतिप्रतीक गोठ बनाउ“दै जाओस्। मासिक बार्ने भत्तामा प्याड, साबुन र स्यानिटाइजरका सुविधा थपियोस्। चौथो- क्षेत्रीय र प्रादेशिक सांसद्का विकास कोष थपियोस्। पा“चौं- यस्ता थलोमा बसाइँसराइ प्रोत्साहित गरियोस्। पुराना थलोमा नया“ घरपरिवार होस् वा पुरानालाई नया“ थलोमा सारियोस्। मिसिने समुदायका संगतमा लाजगाल वा नौलो अनुभवले यो त्रुटि बिलाउ“दै जान सक्छन्। छैटौं- मानव अधिकार र महिलावादी यसमा परामर्शदातृ वा सहजकर्ता बनाइयोस्। डलरमा स्वदेशी संस्कृति जोगाउने कल्पना गर्नुसम्म पनि राष्ट्रियता होइन।
भ्रमण वर्ष सन् २०२० मुलुकको एक सांस्कृतिक चिनारीसमेत हो। यसमा पर्यटकहरू पा“चतारे होटेल, डान्स बार र महानगर हेर्न मात्र आएका हुन्नन्; ती गाउ““ ‘होम स्टे’ मा पनि पुग्छन् र गाईप्राणी गाउ“लेका मनोरम, रमणीय स्थलका साथ तिनले त्यहा“ परम्परा र संस्कृतिमा गहिरिएका जरासमेत खोतलेर हेर्न सक्नेछन्। यसैबाट नया“ नेपालले मौलिक संस्कृति कति राम्ररी जगेर्ना गरिआएको छ भन्ने पराइले समेत बुझ्नेछन्। यसले हाम्रो अन्तर्राष्ट्रिय गरिमा र गौरव अझ उक्लिनेछ।
प्रतिक्रिया दिनुहोस !