दिल्लीमा ट्रम्प पत्नीको भ्रमणमा केजरिवाल उपस्थित नहुने
नयाँदिल्ली : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी पत्नी मेलानियाको भारत भ्रमणका बेला सरकारी स्कुल अवलोकन कार्यक्रममा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल र उप मुख्यमन्त्री मनिष सिसोडिया उपस्थित हुने छैनन् ।
मंगलबार बिहान मेलानिया दिल्लीका सरकारी स्कुलमा अवलोकन भ्रमण गर्ने कार्यतालिका छ । आम आदमी पार्टीका तर्फबाट मुख्यमन्त्री बनेका केजरिवालले मेलानियालाई अवलोकन गराउने कार्यतालिका थियो । तर शनिबार उनको नाम हटाइएको बुझिएको हो ।
मेलानिया आफ्ना पति डोनल्डसँगै यही फेब्रुअरी २४ मा दुईदिने भ्रमणका लागि भारत आउँदैछिन् । डोनल्ड ट्रम्प प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटमा रहँदा मेलानियाले दिल्लीका स्कुलमा ‘ह्यापिनेस क्लास’ अवलोकन गर्ने भएकी हुन् । भारतको दिल्लीमा तीन वर्षअघि ‘ह्याप्पिनेस क्लास’को सुरुवात गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस !
४