बेलायतबाहेक युरोपेली देशबाट अमेरिकामा हुने हवाई उडानमा प्रतिबन्ध

बेलायतबाहेक युरोपेली देशबाट अमेरिकामा हुने हवाई उडानमा प्रतिबन्ध

अमेरिका : राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरस संक्रमण रोकथाम गर्न युरोपेली देशबाट अमेरिकाको यात्रामा प्रतिबन्ध लगाइएका छन्।

राष्ट्रपति ट्रम्पले सङ्क्रमण रोक्ने प्रयासस्वरूप युरोपेली देशबाट आफ्नो देशमा गरिने सबै हवाई उडानमा ३० दिनका निम्ति प्रतिबन्ध लगाइएको घोषणा गरेका हुन्। बीबीसीका अनुसार टेलिभिजन सम्बोधनमार्फत ट्रम्पले बेलायतको हकमा भने यो नियम लागु नहुने बताएका छन्। 

डब्ल्यूएचओले गर्‍यो सङ्क्रमण विश्वव्यापी बनेको घोषणा 

यसअघि  विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाभाइरसको सङ्क्रमण विश्वव्यापी बनेको घोषणा गरेको छ। डब्ल्युएचओका प्रमुख टेड्रस एड्हानोम गेहब्रेयससले दुई सातामा चीन बाहिर सङ्क्रमण १३ गुणा बढेको बताए।

उनले त्यसलाई सङ्क्रमणको खतरनाक तह भन्दै त्यसले आफूलाई गम्भीर रूपले चिन्तित तुल्याएको उल्लेख गरे। विश्व स्वास्थ्य संगठनले कोराना भाइरसलाई हल्का र लापरबाही रुपमा नलिन आग्रह गरेको छ। विश्वव्यापी भन्नुको अर्थ रोग एकै समयमा विश्वभरी थुप्रै देशहरूमा फैलिनु हो। कोरोनाको संक्रमण विश्वभरका १०० भन्दा धेरै देशहरुमा फैलिइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.