भौतिक दूरी कायम गर्दै मन्त्रिपरिषद् बैठक
काठमाडौं : कोरोना (कोभिड-१९) भाइरको संक्रमण फैलिन नदिन आइतबारको मन्त्रिपरिषद् बैठक भौतिक दूरी कायम गर्दै बसेको छ। बैठकमा सहभागी प्रधानमन्त्री र मन्त्रिपरिषद् सदस्य सबै मन्त्री भौतिक दूरी कायम गर्दै बसेका हुन्। सबै मन्त्रीका लागि छुट्टाछुट्टै कुर्सी र टेबुलको व्यवस्था मिलाइएको थियो। 
कोरोनालाई विश्वव्यापी महामारीको रुपमा हेरिएको अवस्थामा मन्त्रिपरिषद बैठकमा समेत भौतिक दूरी कायम भएको हो। 
प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बैठकमा भौतिक दूरी कायम भएको भन्दै तस्बिर सार्वजनिक गरेका हुन्। भौतिक दूरी कायम गर्दै बैठकमा प्रधानमन्त्रीसहित सबै मन्त्री मास्क लगाएर उपस्थित भएका छन्।
‘मन्त्रिपरिषदको बैठक बालुवाटारस्थित सचिवालय हलमा निर्धारित भौतिक दूरी कायम गरी प्रधानमन्त्रीज्यू र मन्त्रीज्यूहरूले मास्क लगाएर नै बसेको छ’, थापाले फेसबुकमा लेखेका छन्, ‘पछिल्लो समय सधैजसो बालुवाटारमा बैठक बस्ने गरेको प्रधानमन्त्रीज्यूको निवास रहेको भवनस्थित बैठक कक्षमा स्थानको सीमितताले गर्दा पर्याप्त भौतिक दूरी मिलाउन सकिने गरी ठूलो हलमा बैठक गर्नुपरेको हो ।’
प्रतिक्रिया दिनुहोस !