‘अपहरण’ मुद्दा दर्ता गर्न बाबुरामसहितका नेता पुगे प्रहरी परिसर टेकु

‘अपहरण’ मुद्दा दर्ता गर्न बाबुरामसहितका नेता पुगे प्रहरी परिसर टेकु

काठमाडौं : सांसद अपहरणको मुद्दा दर्ता गर्न जनता समाजवादी, पार्टीका नेता महानगरीय प्रहरी परिसर, टेकु पुगेका छन् ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहितका नेता आइतबार दिउँसो  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद महेश बस्नेत र किसान श्रेष्ठसँगै पूर्वआईजीपी सर्वेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा दर्ता गर्न पुगेका हुन् । 

मुद्दा दर्ता गर्न अपहरित भएका भनिएका सांसद एवं पूर्व स्वास्थ्यमन्त्री डा. सुरेन्द्र यादवसमेत टेकु पुगेका छन् । ‘जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेताहरु महानगरीय प्रहरी परिसर टेकुमा सांसद डा. सुरेन्द्र यादवको ‘राजनीतिक अपहरण’ गर्नेविरुद्ध किटानी जाहेरी दिन पुग्नुभएको छ’, विश्वदीप पाण्डेले भने । 

वैशाख १० गते महोत्तरी पुगेर सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्वआईजीपी खनालले तत्कालीन समाजवादी पार्टी फुटाउने प्रयास गरेको आरोप लागेको छ। सोही प्रयासस्वरुप उनीहरुले सांसद यादवलाई अपहरण गरेर काठमाडौं ल्याएका थिए। समाजवादी पार्टीका नेताले प्रधानमन्त्रीकै निर्देशनमा सांसद यादवको अपहरण गरेको दाबी गरेका छन्। 

महोत्तरीबाट अपहरणको शैलीमा काठमाडौंको नक्सालस्थित मेरियट होटलमा राखेपछि सांसद यादव डा. भट्टराई र नेता उपेन्द्र यादवको सम्पर्कमा पुगेका थिए। सांसद यादव स्वयम्ले आफूलाई अपहरणकै शैलीमा काठमाडौं ल्याएको सञ्चार माध्यमलाई बताएका छन्। उता सांसद र आईजीपी खनालले भने सहमतिमा हाँसीखुसी यादवलाई काठमाडौं ल्याएको बताएका छन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.