कोराना संकमणको त्रास : नेकपा स्थायी समिति बैठक स्थगित

कोराना संकमणको त्रास : नेकपा स्थायी समिति बैठक स्थगित

काठमाडौं :  बुधबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक स्थगित भएको छ। मंगलबार दिउँसो बुधबार ११ बजे पार्टी मुख्यालय धुम्बाराहीमा स्थायी समिति बैठकमा उपस्थित हुने गरी सूचना जारी भएको थियो। तर कोरानाको त्रासको कारण बैठक स्थगित भएको सूचना पुन: सदस्यहरुलाई पठाइएको छ।

उपत्यकालगायत देशमा संक्रमितको संख्या बढेपछि आज ११ बजे धुम्बाराहीमा बोलाइएको बैठक स्थगित भएको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए। उनले भने, ' कतिपय स्थायी समिति सदस्यहरुको कोरोना परीक्षण गर्न बाँकी रहेको छ, उपत्यकालगाएत देशका विभिन्न भूभागमा संक्रमण बढिरहेकाले हाललाई स्थगित गरिएको हो।' उनले स्थगित भएको बैठक अब कहिले बस्ने भन्ने मिति तय भइ नसकेको जानकारी दिए।

मंगलबारमात्रै स्थायी समिति सदस्य एवं पूर्व गृहमन्त्री भीम रावलको सुरक्षामा केहि समय अगाडि खटिएका सशस्त्र प्रहरीमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो। 

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले पार्टीभित्र छलफल नै नगरी राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याएपछि नेकपामा विवाद चर्किएको थियो। पार्टीमा विवाद चर्किदै गएपछि २० स्थायी समिति सदस्यले अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र लेखेर स्थायी समिति बैठकको माग गरेका थिए। 

वैशाख २० गते बसेको नेकपा सचिवालय बैठकले वैशाख २५ गतेका लागि स्थायी समिति बैठक बोलाएको थियो। बैठकका एजेन्डाको विषयमा वैशाख २४ गते बसेको सचिवालय बैठकमा सहमति नजुटेपछि अन्तिम समयमा २४ गते साँझ अनिश्चित समयका लागि स्थगित भएको थियो।  

२० जना स्थायी समिति सदस्यले बैठक माग गर्दै १० वैशाखमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाललाई लिखित पत्र बुझाएका थिए। नेकपाको अन्तरिम पार्टी विधानको धारा ५९ (४)मा २५ प्रतिशत सदस्यले लिखित रूपमा बैठक माग गरेमा १५ दिनभित्र बोलाउनुपर्ने उल्लेख छ। सरकारले अहिले संसद्मा प्रि–बजेट छलफल गरिरहेको छ। २ जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र संवैधानिक व्यवस्थाअनुसार नै १५ जेठमा संसद्मा बजेट ल्याउनुपर्ने प्रेसरमा सरकार छ। त्यसअघि संसद्मा आफ्नै पार्टीभित्रको आक्रोश नीति तथा कार्यक्रम र बजेटमा नदेखियोस् भन्ने उद्देश्यले पनि बुधबारका लागि स्थायी समिति बैठक बोलाइएको अनुमान नेताहरूले गरेका थिए। 

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले अहिले तत्कालका लागि कोरोना, सीमा समस्या, नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल गर्ने गरी स्थायी समितिको एजेन्डा तय गरेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.