बालुवाटारमा सर्वदलीय बैठक

बालुवाटारमा सर्वदलीय बैठक

काठमाडौं : प्रधानन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ। संसदमा प्रतिनिधित्व गर्ने दलका नेता र पूर्वप्रधानमन्त्री सर्वदलीय बैठकमा सहभागी छन्। 

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख र पूर्वप्रधानमन्त्रीलाई बोलाइएको थियो। बैठकमा कोरोना रोकथाम र नेपाल–भारत सीमा विवादलगायत पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल हुनेछ।

भारतले लिपुलेक  समेटेर नयाँ नक्सा जारी गरेपछि गत कात्तिकमा पनि प्रधानमन्त्री ओलीले सर्वपक्षीय बैठक बोलाएका थिए।  नेपालमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलदै गएपछि ओलीले सर्वदलीय बैठक बोलाएका हुन्। बुधबारसम्म नेपालमा २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  ३५ जना भने निको भएर डिस्चार्ज भएका छन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.