किट अभावले कोरोना परीक्षण रोकियो
डडेल्धुरा : सुदूरपश्चिममा पनि कोरोना भाइरस संक्रमण बढ्दै गएको बेला डडेल्धुरामा किट अभाव भई स्वाब संकलन कार्य शनिबारदेखि रोकिएको छ। परिक्षणका लागि अत्यावश्यक मानिएको पीसीआर किट अभाव भएपछि क्वारेन्टायनमा रहेका करिब २ हजार ५ सय ९६ जनाको परिक्षण हुन सकेको छैन्।
सुदूरपश्चिम प्रदेशसँग डडेल्धुरा जिल्लाको लागि तत्काल क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको परिक्षणका लागि २ हजार ५ सय कीट माग गरिएको थियो। बिहीबारसम्म १ सय पीसीआर र २ सय आरडीटी किट मात्रै पठाएकोले स्वाब संकलन कार्य सुचारु गर्न नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी गणेशदत्त ओझाले बताए। डडेल्धुराका क्वारेन्टाइनमा बिहीबारसम्म २ सय २ महिलासहित २६ सय पाँच जना क्वारेन्टाइनमा छन् भने अझ आउने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी ओझाले भने ‘क्वारेन्टाइनमा मान्छे दिनप्रतिदिन थपिदैछ। निर्माण गरिएका क्वारेन्टाइन पनि सुविधा सम्पन्न नभएकोले समस्या भईरहेको छ।’ प्रदेश सरकारसँग थप किट उपलब्ध गराउन दैनिक पहल गरिरहेको भएपनि किट आउन नसकेको सरोकारवाला निकायले जनाएक किट नआउँदा स्वाब सकंलन कार्य बन्द गरिएको छ। किट नै नभएपछि कसरी स्वाब सकंलन गर्न सकिन्छ स्वास्थ्कर्मीले जनाए। परशुराम नगरपालिकाका पनि स्वाब सकंलन कार्य गएको साता देखि नै बन्द छ। औपचारिक र अनौपचारिक रुपमा प्रदेश सरकारसँग किटबारेमा जानकारी दिदा उपलव्ध हुन नसेको परशुरामका मेयर भिमबहादुर साउदले बताए। स्वास्थ्य जस्तो कुरा र कोरोना जस्तो माहामारी फैलिरहदा प्रदेश सरकारले परिक्षण किटका लागि पहल नगर्नु लज्जास्पद कुरा भएको उनको भनाई छ। क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको संख्या धेरै भएको किट थोरै भएकाले कसलाई जाँच गर्ने कसलाई नगर्ने भन्ने समस्या भएकाले स्वाब संकलन गर्न नसकिएको स्वास्थ्य कार्यालय प्रमुख आशुतोष श्रेष्ठले बताए। प्रमुख श्रेष्ठले भने ‘क्वारेन्टाइनमा करिब २ हजार ६ सयको हाराहरीमा रहेका छन् धेरै व्यक्तिहरु क्वारेन्टाईन बसेको ७ दिन भन्दा बढी भएको छ उनीहरुको परिक्षण समेत गर्न सकिएको छैन्।’
२६ सय बढि भित्रिदा प्रदेश सरकारले डडेल्धुरामा १ सय वटा आरडीटी किट मात्रै पठाएको जानकारी आएको छ। तिकिटले सवै क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको स्वाब संकलन गर्न सम्भव छैन। ति १ सय वटा किट डडेल्धुरा अस्पतालमा राखि क्वारेन्टाइनमा रहेका संकास्पद व्यक्तिहरुलाई ल्याएर आपतकालिन रुपमा चेक गर्ने व्यवस्था गरेको कोभिड सम्पर्क व्यक्ति भ्याक्ट्रोल कन्ट्रोल सुपरभाजर हरीप्रसाद भट्टले जनाए।
समयमा किट पठाई कोरोना परिक्षण गर्नमा मद्धत पुर्याउनु पर्ने स्वास्थ्यकर्मीको भनाई। यतिका मानिस गौरिफन्टा नाका नै भएर भित्रिएका र तेहि नाकाबाट आएका मानिसमा सुदूरपश्चिममा कोरोना पोजिटिभ पनि देखिएको पुष्टि हुँदा डडेल्धुरामा भने किटका कारण कोरोना परिक्षणका लागि स्वाब सकंलन कार्य रोकिएको छ।
प्रतिक्रिया दिनुहोस !