अचेत भेटिएकी महिलाको मृत्युपछि कोरोना पुष्टि : मृतकको संख्या २७ पुग्यो

अचेत भेटिएकी महिलाको मृत्युपछि कोरोना पुष्टि : मृतकको संख्या २७ पुग्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार थप एकजनाको मृत्यु भएसँगै मृतकको संख्या २७ पुगेको हो। 

बिहीबार दाङमा अचेत अवस्थामा भेटिएकी महिलाको मृत्युपछि कोरोना पुष्टि भएको हो। अन्दाजी २५–३० वर्षीया महिलालाई अचेत अवस्थामा भेटेर प्रहरीले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको थियो। उनको स्वाब परीक्षण गर्दा शुक्रबार पीसीआर रिपोर्ट पोजिटिभ आएको हो। उनको परिचय नखुलेको र परिवारको खोजी भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

नेपालमा कोरोना संक्रमिततको संख्या ११ हजार सात सय ५५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता  गौतमका अनुसार शुक्रबार ५९३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ११ हजार सात सय ५५ पुगेको हो। 

शुक्रबार मात्र १०७ महिला र ४८६ पुरुष गरेर ५९३ जनामा कोरोना पोजिटिभ देखिएको हो। कुल संक्रमितमध्ये १२ सय ४९ महिला र १० हजार पाँच सय ६ पुरुष गरेर ११ हजार सात सय ५५ जनामा संक्रमण पुष्टि भएको हो। ७७ जिल्लामध्ये रसुवाबाहेक ७६ जिल्लामै कोरोना संक्रमण फैलिइसकेको छ। 

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट दुई लाख ६ हजार दुई सय ७१  र आरडीटी विधिबाट दुई लाख ९० हजार तीन सय ४९ जनाको नमूना परीक्षण  गरिएको छ।  

अहिलेसम्म क्वारेन्टाइन ७१ हजार १२ छन् भने आइसोलेसन ९ हजारको आइसोलेसनमा उपचार भइराखेको छ। शुक्रबार मात्र ४० पुरुष र आठ महिला गरेर ४८ जना डिस्चार्ज भएका छन्। कोरोना जित्नेको संख्या भने जम्मा दुई हजार ६ सय ९८ पुगेको छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.