बलात्कार आफन्तबाटै

बलात्कार आफन्तबाटै

सिन्धली/धादिङ : सिन्धुलीमा एक वर्षको अवधिमा तीन बालिकाको बलात्कारपछि हत्या भएको छ। १५ बालिका बलत्कार र बेचविखनको सिकार भएका छन्।

गत असोज महिनामा मरिण गाउँपालिका १ आहालेकी १३ वर्षीय बालिका छलीमाया मोक्तानको बलत्कारसँगै हत्या भएको थियो। सोही ठाउँका १५ वर्षीया युवकले मोक्तानलाई जबरजस्ती यौन सम्पर्कका क्रममा घाँटी थिचेर हत्या गरेका थिए। जिल्लामा छलीमायाँ जस्ता अन्य २ जना बालिकाको बलत्कार पछि हत्या भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता (डिएसपी) श्यामकुमार खत्रीले बताए।

सिन्धुलीमा चालु आर्थिक वर्षमा मात्र २१ वटा जवरजस्ती बलत्कारका घट्ना भएको प्रहरीको तथ्याङ्क छ। तीमध्ये १० जना २० वर्ष मुनिका किशोरी तथा बालिकाहरु रहेका छन्। उनीहरुमध्ये ३ जनको हत्या भएको हो।

जिल्लामा सबैभन्दाधेरै दुधौली नगरपालिकामा ५ वटा जबरजस्ती बलत्कारको घटना भएको छ। कमलामाई नगरपालिकामा ४, गोलन्जोर गाउँपालिकामा २, घ्याङलेख गाउँपालिकामा १, तीनपाटनमा १, मरिणमा ३ र हरिहरपुरगढी गाउँपालिकामा ३ जनामाथि बलत्कार भएको सिन्धुली प्रहरीले जनाएको छ। जबरजस्ती बलत्कार प्रयासका ७ वटा घटना घटेका छन्।

गत आर्थिक वर्ष २०७५/०७६ मा जिल्लामा २२ जना महिला तथा बालबालिकामाथि जबरजस्ती करणी भएको थियो। ७ जनामाथि जबरजस्ती करणीको प्रयास भएको थियो। ‘जिल्लामा कोरोना भाईरसको संक्रमणको त्रासका बीच बन्दाबन्दको समयमा समेत बलत्कारका घटनाहरु घटेका छन्। गत चैत्र महिनामा ३, जेठ महिनामा ५ र असारमा २ जनामाथि बलत्कार भएको घटना कार्यालयमा दर्ता भएको छ’, प्रवक्ता खत्रीले भने।

बालिका बाहेक जिल्लामा एक जना महिलाको बलत्कारपछि हत्या, ८ जनामाथि बलात्कार जन्य हिंसा, १२ वटा बहुविवाह, ४८ घरेलु हिंसाका घटना घटेको पाइएको छ।

हाडनातामा लुकाउन हत्या

चालु आर्थिक वर्ष २०७६/७७ को ११ महिनामा धादिङमा २४ वटा बलात्कारका घटना भए। त्यसमा ३ वटा आफ्नै नाता पर्ने अभिभावकबाट बलत्कारको घटना भएको छ।

आफ्नै काकाबाट बलात्कृत भइसकेपछि परिवारले नै घटनालाइ सामसुम पार्न गुपचुप राख्न खोज्दा धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ७ कि १६ बर्षीय बालिकाले गत जेठ दोस्रो साता बच्चा नै पाइन्। त्यस्तै आफ्नै मामा बाट बलात्कृत भएकी सिद्धलेक गाउँपालिकाकी १७ बर्षीय किशोरीको पेटमा अहिले ९ महिनाको गर्भ रहेको छ।

यी दुवै घटनामा परिवारले नै थाहा पाएर मिलेमतोमो गुपचुप राख्न खोज्दा झनै समस्या निम्तिएको छ। आफ्नै घर परिवार विरुद्ध उजुरी परेपछि बलात्कृत बालिकाहरु घरमा जान सकेका छैनन्। उनीहरु दुवैजना एक गैर सरकारी सस्थाले संचालन गरेको सेफ हाउसमा रहेका छन्।

धादिङमा ५ वर्षको अवधिमा १ सय २६ वटा बलात्कारको घटनाका भएको छ। त्यसमध्ये १० वटा घटनामा घरभित्रैका परिवारका सदस्यबाट बलात्कृत भएका छन्। नचिनेको मान्छेहरुबाट बलात्कारका घटना एकदमै कम भएपनि छिमेकी र आफन्तबाट भएको बलात्कारका घटना बढी भएको महिला मानव रक्षकहरुको जिल्ला संजाल धादिङकी अध्यक्ष गायत्री खतिवडाले बताइन्।

पैसामा कुरा नमल्दिा हत्या

पैसामा कुरा नमिल्दा हेटौंडामा एक तेस्रो लिङ्गीको हत्या भएको थियो। हेटौंडा ४ की अजिता भुजेलको गत माघ ३ गते राती यौन सम्बन्धपछि हत्या भएको हो।

ना ६ ख ६५२७ नम्बरको ट्रकका सहचालक सिमोन परियार र उनका साथी सुशिल थापा मगरले यौन सम्बन्धपछि पैसामा कुरा नमिल्दा ट्रकभित्रै हत्या गरेर सडक किनारामा फालेका थिए। हत्यामा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.