एमाले शीर्ष नेतासहित प्रधानमन्त्री ओली देउवा निवास बूढानीलकण्ठमा

एमाले शीर्ष नेतासहित प्रधानमन्त्री ओली देउवा निवास बूढानीलकण्ठमा

काठमाडौं : एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली पार्टी शीर्ष नेतासहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन्। 

प्रधानमन्त्री ओली उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, अर्थमन्त्री विष्णु पौडेल, एमाले नेता सुवास नेम्वाङसहित देउवा निवासमा पुगेका हुन्। 

नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेकै माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव समूहले राष्ट्रियसभाको उपनिर्वाचनमा गठबन्धन गर्ने तयारी गरेपछि प्रधानमन्त्री ओली देउवा निवास पुग्नुलाई महत्वका साथ हेरिएको छ। 

बूढानीलकण्ठमा कांग्रेस सभापति देउवासँँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्णबहादुर खड्का र सहमहामन्त्री प्रकाशशरण महत सहभागी छन् । 

जेठ ६ गतेका लागि बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा एमालेले गृहमन्त्री बादललााई उम्मेदवार बनाउने निर्णय गरेको छ भने विपक्षी गठबन्धनले डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाउने सहमति गरेको छ। 

यो सहमति लगत्तै प्रधानमन्त्री ओलीले देउवासँग समसामयिक राजनीतिक विषयमा शीर्ष नेताका साथमा छलफल सुरु गरेका हुन्। 

माओवादीबाट निर्वाचित बादलले उनको दल माओवादी केन्द्र त्याग गरेपछि रिक्त राष्ट्रियसभा सदस्य पदमा उपचुनाव हुन लागेको हो। 

बूढानीलकण्ठको यो भेटलाई वैशाख २७ गतेका लागि आह्वान गरिएको प्रतिनिधिसभाको विशेष अधिवेशनको तयारीको रुपमासमेत हेरिएको छ। प्रधानमन्त्री ओलीले सोमबारबा लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेका छन्। अधिवेशनको प्रयोजन भने विश्वासको मत लिने रहेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.