अदालतको आदेशमाथि योगेशको टिप्पणी : बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड
काठमाडौं : एमाले नेता योगेश भट्टराईले मंगलबारको अदालतको फैसलाले नेकपा (एमाले) एकतालाई जोड दिएको बताएका छन्।
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरेपछि विस्तार गरेको मन्त्रिपरिषद्विरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि भट्टराईले यस्तो बताएका हुन्।
भट्टराईले यो फैसलालाई एकताको पक्षमा उत्प्रेरणा मान्नुपर्ने बताए। बुझ्नुपर्नेका लागि एक पाठ भएको भन्दै उनले बुझ्नेलाई श्रीखण्ड र नबुझ्नेलाई यो फैसला खुर्पाको बिँड भएको बताएका हुन्।
‘अदालतका पछिल्ला फैसलाले नेकपा एमालेको एकताको अपरिहार्यतालाई नै जोड गरे जस्तो लाग्छ मलाई त। एकताको पक्षमा उत्प्रेरणा नै मान्नु पर्छ। बुझ्नु पर्नेहरुलाई यो एउटा पाठ हो’, भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘भन्छन नि बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड।’
प्रतिक्रिया दिनुहोस !