अदालतको आदेशपछि बाबुरामले भने- लम्पट बन्नेको आँखा खुलोस्

अदालतको आदेशपछि बाबुरामले भने- लम्पट बन्नेको आँखा खुलोस्

काठमाडौं : सर्वोच्च अदालतले प्रतिनिधिसभा घिटन भएर चुनाव घोषणा भइसकेको अवस्थामा विस्तार भएको मन्त्रिपरिषद्विरुद्ध अन्तरिम आदेश दिएको छ । सर्वोच्चको अन्तरिम आदेशले २० मन्त्री पदमुक्त भएका छन् । अन्तरिम आदेश यो विषयमा नेताहरुले विभिन्न धारणा राखेका छन् । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले यो फैसलाले क्षणिक स्वार्थका निम्ति लम्पट बन्नेको आँखा खुलेको बताएका छन् ।

बाबुरामले संविधानका निर्मातामध्ये नै संविधानको शब्द र भावना विपरित गएर स्वेच्छाचारी ढंगले मन्त्री बन्ने/बनाउने लज्जास्पद बाटोमा हिँडेको र त्यसलाई सर्वोच्चले उल्ट्याउने खेललाई नेपालको राजनीतिको रोचक परिदृश्य भनेका छन् । 

सामाजिक सञ्जालमा सक्रिय बाबुरामले मन्त्रिपरिषद् विस्तारविरुद्ध सार्वोच्चले अन्तरिम आदेश दिए लगत्तै ट्वीटरमा यस्तो टिप्पणी गरेका हुन् । 

‘संविधानका निर्मातामध्ये नै संविधानको शब्द-भावना विपरित गएर स्वेच्छाचारी ढंगले मन्त्री बनाउने–बन्ने लज्जास्पद हर्कत गर्नु र संविधानको व्याख्याता सर्वोच्च अदालतले त्यसलाई उल्ट्याउनु नेपाली राजनीतिको रोचक परिदृश्य बन्ने नै भयो’, बाबुरामले लेखेका छन्, ‘क्षणिक निजी स्वार्थका निम्ति लम्पट बन्नेहरूको आँखा खुलोस् !’  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.