अध्यागमनले इजिप्ट उड्न लागेका २४ यात्रुलाई फर्कायो

अध्यागमनले इजिप्ट उड्न लागेका २४ यात्रुलाई फर्कायो

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयले मानव तस्करी भएको आशंकामा २४ जना नेपालीलाई इजिप्ट जानबाट रोकेको छ। विमानस्थल स्थित अध्यागमन कार्यालयले शंकास्पद ढंगले इजिप्ट उड्न लागेका २४ जना नेपालीलाई सोमबार राती फर्काएको (अफलोड) हो। 

उनीहरु टर्किस एयरको ‘टीके ७२७’ नम्बरको उडानबाट इजिप्ट जान लागेका थिए। उनीहरु सबैले इजिप्टको पर्यटक प्रवेशाज्ञा(भिसा) लिएका थिए। अध्यागमनले इजिप्ट भ्रमणको यात्रा शंकास्पद रहेको र उनीहरुले यात्राको उद्देश्यसमेत स्पष्ट खुलाउन नसकेको भन्दै फिर्ता गरेको हो। 

त्रिअवी अध्यागमन कार्यालयका प्रमुख सुशील वैद्यले यात्राको स्पष्ट उद्देश्य नखुलेपछि उनीहरुलाई  इजिप्ट जान प्रस्थान अनुमति नदिइएको बताए।  वैद्यले अन्नपूर्णसँग भने, ‘उद्देश्य खुलेका यात्रुहरु कसैलाई हामीले रोकेका छैनौं।’ उनीहरुलाई प्रस्थान अनुमति दिने-नदिनेबारे त्रिअवी अध्यागमनका कर्मचारीले अध्यागमन विभागका महानिर्देशकसँग समेत परामर्श गरेका थिए। 

 
अध्यागमनले इजिप्ट जान नदिनुको कारण सहितको पत्र उनीहरुलाई थमाएको छ। पत्रमा भ्रमणको उद्देश्य स्पष्ट नभएको र आवश्यक कागजात समेत पेश गर्न नसकेका कारण प्रस्थान अनुमति  नदिएको उल्लेख छ। यात्राको स्पष्ट उद्देश्य पेश गर्न नसक्नेलाई पर्यटक भिसामा यात्रा गर्न अध्यागमनले कडाइ गर्दै आएको छ। घुम्नका लागि इजिप्ट जान लागेको भन्दै उनीहरुले अध्यागमनका कर्मचारीसँग यात्रा अनुमति दिन पटक-पटक आग्रह गरेका थिए।  तर अध्यागमनका अधिकारीहरुले यात्रा शंकास्पद भएको भन्दै फर्काइदिए। अन्तर्राष्ट्रिय मानव तस्करको सञ्जालले उनीहरुलाई इजिप्ट हुँदै युरोप र अमेरिका लैजाने तयारी भएको हुन सक्ने अध्यागमनका अधिकारीहरुले बताए। 
 
‘कोरोना भाइरसको यस्तो महामारीमा उहाँहरु घुम्न हिंडेको भनेर कसरी विश्वास गर्नु', अध्यागमनका एक अधिकारीले अन्नपूर्णसँग भने, ' यात्राको स्पष्ट कारण दिन नसकेपछि हामीले फिर्ता गरेका हौं।’ बोर्डिङ पास दिनु अघि टर्किस एयरका कर्मचारीले उनीहरुको भ्रमणबारे अध्यागमनका अधिकारीहरुसँग छलफल गरेका थिए। 

सो क्रममा अध्यागमनका अधिकारीहरुले बोडिङ पास नदिन टर्किस एयरका कर्मचारीहरुलाई भनेका थिए। बोर्डिङ पास दिन नमिल्ने जनाएपछि टर्किस एयरका कर्मचारी र यात्रुबीच केहीबेर भनाभन भएको थियो। निरन्तर होहल्ला र विवाद गरेपछि टर्किस एयर उनीहरुलाई बोर्डिङ पास दिन बध्य भएको थियो।  तर अध्यागमनले उनीहरुलाई यात्रा अनुमति दिएन। अध्यागमनका कर्मचारीहरुसँग समेत अनावश्यक विवाद गर्न थालेपछि स्थिति सामान्य पार्न अध्यागमनका कर्मचारीले प्रहरी बोलाएका थियो।   
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.