डा.हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार अन्नपूर्णकर्मी थापालाई

डा.हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार अन्नपूर्णकर्मी थापालाई

काठमाडौं : स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापना भएको आर्थिक पत्रकारिता पुरस्कार अन्नपूर्णकर्मी ममता थापालाई प्रदान गरिने भएको छ । डा. हरिहरदेव पन्त फाउन्डेशनद्वारा स्थापित उक्त पुरस्कार डा. पन्तको छैठौं वार्षिक पुण्य स्मृति दिवसको अवसरमा( भदौ २१ गते ) थापालाई प्रदान गरिने भएको हो । 

जीवनका अधिकांश सयम देशमा आर्थिक विकास तथा गरिबी न्यूनीकरणमा समर्पित गरेका लघुवित्तका प्रथम प्रवद्र्धक डा. हरिहरदेव पन्तको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको थियो । डा. हरिहरदेव पन्त फाउन्डेशनले प्रत्येक वर्ष एकजना उत्कृष्ट अर्थिक पत्रकार वा संघ, संस्थालाई पुरस्कार प्रदान गर्दै आएको छ ।

यसअघि उक्त पुरस्कार नेपाल आर्थिक पत्रकार समाज (सेजन), सेजनका पूर्वअध्यक्ष गोकर्ण अवस्थी, पत्रकार विष्णु बेल्वासे र पत्रकार एलिजा उप्रेतीले पाएका थिए। देशको सर्वाङ्गीण विकासका साथै आर्थिक क्षेत्रको विकासका लागि राज्यको चौथो अंग पत्रकार जगतले विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन समाचार तथा लेखनमार्फत आम जनस्तरमा सुसूचित गराउने महत्वपूर्ण कार्य गरेको छ । पुरस्कारको राशी पचास हजार रहेको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.