सेयर बजारमा सकारात्मक संकेत, कारोबार रकम साढे ४ अर्ब नाघ्यो
काठमाडौं : साताको अन्तिम सेयर कारोबार दिन शुक्रबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक १.६३ अंकले बढेर २७०२.११ विन्दुमा पुगेको हो।
अघिल्लो दिन बिहीबार नेप्से परिसूचक ५ अंकले घटेर २७०० विन्दुमा झरेको थियो। सो दिन ३ अर्ब ४१ करोड बराबरको कारोबार भएको थियो।
साताको तेस्रो सेयर कारोबार दिन बुधबार नेप्से ०.०८ अंकले बढेर २७०५.५३ विन्दुमा पुगेको थियो। त्यसअघि सोमबार र मंगलबार दुवै दिन नेप्से परिसूचकले ओरालो यात्रालाई निरन्तरता दिएको थियो।
नेप्से सामान्य अंकले बढे पनि कारोबार रकममा भने बिहीबारको तुलनामा वृद्धि भएको छ। यसदिन ३५३ वटा स्क्रिप्सको १ करोड ९ लाख २२ हजार ५२५ कित्ता सेयर ४ अर्ब ५३ करोड ४९ लाख ८३ हजार ५६८ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये ११६ वटा स्टक्सको मूल्य बढ्दा १४० वटाको घट्यो। १७ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। अपोलो हाइड्रोपावरको सेयर सर्वाधिक १४.९९ प्रतिशतले बढ्दा बुंगल हाइड्रोको सेयर १२.४५ प्रतिशतले घट्यो।
कारोबार रकमका आधारमा ग्लोबल आइएमइ बैंक लिमिटेड डिवेन्चर २०८६/९७ शीर्ष स्थानमा रह्यो। सोको ३३ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
सातवटा समूहको उपसूचक बढ्दा बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिए। फाइनान्स,हाइड्रोपावर,इन्भेस्टमेन्ट,लाइफ इन्स्योरेन्स,मनु एण्ड प्रो,माइक्रो फाइनान्स र ट्रेडिङ समूहको उपसूचक बढ्दा बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिए।
प्रतिक्रिया दिनुहोस !