सुमारसँग देउवाले भने: एमसीसी पास गराउन राजनीतिक सहमति जुटाउँदैछु

सुमारसँग देउवाले भने: एमसीसी पास गराउन राजनीतिक सहमति जुटाउँदैछु

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ ।

उपाध्यक्ष फातिमा प्रधानमन्त्री देउवालाई भेट्न शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगेकी थिइन् । भेटको क्रममा उनीहरुले एमसीसी र नेपालको आर्थिक रुपान्तरणका सम्भावनाहरुबारे छलफल गरेको जानकारी दिएका छन् । प्रधानमन्त्री देउवाले भेटपछि ट्वीट गर्दै लेखेका छन्, 'आज एमसीसी उपाध्यक्ष फातिमा सुमारलाई भेट्न पाउँदा खुसी लाग्यो। हामीले एमसीसी कम्प्याक्ट र नेपालको आर्थिक रुपान्तरणका सम्भावनाहरु सहित नेपाल-अमेरिका सहयोगबारे विचार आदान प्रदान गरेका छौं।'

भेटको क्रममा प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदनका लागि आफूले राजनीतिक स्तरमा छलफल अगाडि बढाएको प्रतिक्रिया दिएका थिए । यस्तै एमसीसी उपाध्यक्ष फातिमाले एमसीसी संसदबाट अनुमोदन हुनेमा विश्वस्त रहेको प्रतिक्रिया दिएकी थिइन् । प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष फातिमाबीच भेटबारे अर्थ मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो ।

'भेटको अवसरमा एमसीसीबाट नेपालको आर्थिक विकासमा हुनसक्ने सहयोग लगायत विषयमा छलफल भयो । सो अवसरमा प्रधानमन्त्री देउवाले सरकार र एमसीसीबीच २०१७ मा सम्पन्न अनुदान सम्बन्धी कम्प्याक्ट अगाडि बढाउनका लागि आफूले राजनीतिक स्तरमा छलफल जारी राखेको बताउनुभयो । साथै एमसीसीका उपाध्यक्ष सुमारले उक्त कम्प्याक्ट संसदबाट छिटो अनु्मोदन हुने विश्वास व्यक्त गर्दै एमसीसीले नेपालका आर्थिक विकासका लागि महत्वपूर्ण योगदान विश्वास व्यक्त गर्नुभयो,' अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसै साता नेपाल आएकी एमसीसी उपाध्यक्ष सुमारले यसअघि एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, उर्जामन्त्री पम्फा भुसाल लगायत नेताहरुलाई भेट गरिसकेकी छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.