सिभिल ग्रुपका अध्यक्ष तथा पूर्व सांसद् इच्छाराज तामाङ पक्राउ

सिभिल ग्रुपका अध्यक्ष तथा पूर्व सांसद् इच्छाराज तामाङ पक्राउ

काठमाडौं : सिभिल  गुप्रका अध्यक्ष तथा पूर्व सांसद् इच्छाराज तामाङ प्रक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सोमबार उनीसहित एक दर्जन बढीलाई सुन्धारा क्षेत्रबाट प्रक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंहका अनुसार उनीविरुद्ध सहकारी ठगीको उजुरी परेको छ ।

उनीविरुद्ध ७० जना निक्षेपकर्ताको ४६ करोड बढी ठगी गरेको उजुरी छ । प्रहरीका अनुसार निवेदन आउने क्रम जारी भएको र ठगीको रकम बढ्न सक्ने अनुमान छ । सहकारी अध्यक्ष केशबलाल श्रेष्ठसहित सिभिल सहकारीका पदाधिकारी पक्राउ परेका हुन् ।

आफैं साहु र आफैं ऋणी बनिरहेको सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभबाट सिभिल ग्रुपले ९० प्रतिशत कर्जा लिएको छ । ग्रुपले सावा ब्याज नतिरेपछि सहकारी चरम संकटमा परेको थियो।
सहकारी २ हजार भन्दा बढी निक्षेपकर्ताले लामो समयदेखि निक्षेप फिर्ता पाउन सकेका छैनन्। 

आठ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह भएकामा सिभिल ग्रुपका संस्थापक तामाङको रियल स्टेट व्यवसायमा सबै रकम लगानी रहेको बताइएको छ।

सिभिल सहकारीले सुशासनको न्यूनतम सर्त पनि पालना नगरी संस्थापक तामाङकै सिभिल होम्सलाई जथाभावी ऋण दिँदा सहकारी समस्यामा निक्षेपकर्ताले सरोकारवाला निकायमा उजुरी गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.