मुगु बस दुर्घटना : मृतकका परिवारलाई एक लाख क्षतिपूर्ति

मुगु बस दुर्घटना : मृतकका परिवारलाई एक लाख क्षतिपूर्ति

काठमाडौं : गृहमन्त्रालयले मुगुमा बस दुर्घटना हुँदा मृत्यु भएका मृतकका परिवारलाई प्रति परिवार एक लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने भएको छ। मृतकका प्रति परिवारलाई पच्चिस हजार रुपैयाँ किरिया खर्चका साथै एक लाख रुपैयाँ आर्थिक सहायता र घाइतेको उपचार खर्च वापतको रकम भुक्तानीको व्यवस्था मिलाउने गरी प्रकृया आरम्भ गरिएको गृह मन्त्रालयले जनाएको छ । 

असोज २६ गते नेपालगञ्जबाट मुगु गमगढीतर्फ गइरहेको भे १ ख ३१६७ नम्बरको बस मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका वडा नं ७ तपने खोलामा दुर्घटना भएको थियो। दुर्घटना स्थलमा २८ जना र उपचारको क्रममा अन्य ४ जना गरी ३२ जनाको मृत्यु भएको थियो । सो घटनाका १३ जना घाइतेको नेपाली सेनाको हेलिकप्टर तथा समिट एयरको जहाजबाट उद्दार गरिएको थियो। उनीहरु नेपालगन्जमा उपचाररत छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.