विधान महाधिवेशनबाट एमाले नेकपाको निरन्तरता रुपमा स्थापित : पोखरेल

विधान महाधिवेशनबाट एमाले नेकपाको निरन्तरता रुपमा स्थापित : पोखरेल

काठमाडौं : नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् पूर्व मुख्यमन्त्री शंकर पोखरेलले विधान महाधिवेशनबाट एमाले नेकपाको निरन्तरताको रुपमा स्थापित भएको दाबी गरेका छन्। सामाजिक संजाल फेसबुकमार्फत उनले एमाले नेकपाको निरन्तरताको रुपमा नेपालको कम्युनिष्ट आन्दोलनको मुलधारका रुपमा स्थापित भएको उल्लेख गरेका हुन्।

उनले माओवादी आन्दोलनका सकारात्मक प्रवृत्तिको सहकार्यबाट आजको नेकपा (एमाले) थप सबल र सुदृढ बन्ने दिशामा अग्रसर रहेको धारणा राखे।  उनले भने, ‘झापा आन्दोलनको क्रान्तिकारी स्प्रिटमा निर्माण भएको, व्यवस्थित संगठन संरचना र जनपक्षिय कार्यशैली भएको नेकपा(एमाले) र  सशस्त्र आन्दोलनको क्रममा विकास भएको वलिदानी भावनाको जगमा निर्माण भएको माओवादी आन्दोलनका सकारात्मक प्रवृत्तिको सहकार्यबाट आजको नेकपा(एमाले) थप सबल र सुदृढ वन्ने दिशामा अग्रसर छ।’

उनले प्रथम विधान महाधिवेशनको ऐतिहासिक सफलतापश्चात एमाले वैचारिक,राजनीतिक र संगठनात्मक रुपमा व्यवस्थित हुने प्रकृयामा रहेको दाबी गरे।  महाधिवेशनबाट दक्षिणपंथी अवसरवाद र संगठनात्मक अराजकताका विरुद्धको संघर्षमा सफलता हासिल गरेर पार्टीलाई एकतावद्ध र सुदृढ बनाउँदै जबजको मार्गदर्शनमा समाजवादको आधार तयार गर्ने योजनाका साथ एमाले नयाँ उर्जा र गतिका साथ अघि बढिरहेको पोखरेलको भनाई छ।

उनले षडयन्त्रपूर्ण अध्यादेशको माध्यमबाट एमालेलाई विभाजन गरेर कमजोर बनाउने सत्ता गठबन्धनको प्रयास विधान महाधिवेशको सफलताले असफल बनेको धारणा राखेका छन्। पोखरेलले विधान महाधिवेशनले नेकपाको समय देखिको पार्टी भित्रको अन्तरसंघर्षमा अध्यक्ष केपीशर्मा ओलीको नेतृत्वमा पार्टीले लिदै आएको अडान र पहलकदमीलाई अनुमोदन गरिदिएको दाबी गरे। 

उनले ऐतिहासिक विधान महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशा, संगठनात्मक प्रस्ताव र नयाँ वैधानिक व्यवस्था अनुसार नेकपा(एमाले) संगठनात्मक रुपमा पुनर्गठित हुने प्रकृयामा अघि बढेको स्पष्ट पारे।बेमौसमी वर्षातसँगै आएको बाढी, पहिरो र डुवानको समस्याका कारणले कतिपय ठाउँमा उक्त कार्यतालिकामा केही फेरबदल हुने अवस्था रहेको उनको भनाई छ। एमालेले कार्तिक ६ गते वडा अधिवेशन र कार्तिक ९ गते पालिका अधिवेशनको आयोजना एकैसाथ गर्ने तयारी गरेको छ।तर पनि मंसिरमा तोकिएको राष्ट्रिय महाधिवेशनको आयोजनामा असर नपर्ने गरी महाधिवेशन अगाडि सबै वडा र पालिका अधिवेशन सम्पन्न गरिने पोखरेलले उल्लेख गरेका छन्।अधिवेशनबाट एमाले विगतको तुलनामा सशक्त हुने निश्चित भएको पोखरेलको दाबी छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.