अन्तिम निर्णय लिन नेपाल बारले सल्लाहकार समितिलाई बोलायो

अन्तिम निर्णय लिन नेपाल बारले सल्लाहकार समितिलाई बोलायो

काठमाडौं : नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि उठेका प्रश्नमाथि छलफल गर्न सल्लाहकार समितिलाई बोलाएको छ। बैठक केही बेर बस्दैछ। सोमबार बार कार्य समितिको बैठक बसेको थियो। सो बैठकले सल्लाहकार समितिलाई बोलाएर थप निर्णय गर्ने जनाएको थियो। महत्वपूर्ण निर्णय लिनुअघि सल्लाहकार समितिसँग छलफल गर्ने बारको प्रचलन छ। सल्लाहकारको राय सुझाव लिइसकेपछि बारले विवादित विषयमा थप निर्णय लिनेछ।

न्याय क्षेत्रको नेतृत्व गर्न नसकेको भन्दै न्यायालयभित्र प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने आवाज उठेसँगै प्रधानन्याधीश जबरा अफ्ठेरोमा परेका छन् । बहालवाला न्यायाधीशहरु, पूर्वन्यायाधीश फोरम, नेपाल बार एसोसियसनले प्रधानन्यायाधीशले न्यायालयको नेतृत्व गर्न नसकेको भन्दै निकास दिएर मार्गप्रशस्त गरिदिनुपर्ने बताउँदै आएका छन्।

नेपाल बार एसोसियसनका उपाध्यक्ष अधिवक्ता रक्षा भुषालले न्याय क्षेत्रमा विचलन आउन दिन नहुने बताएकी छन्। बार र प्रधानन्यायाधीबीच आइतबार छलफल भएको थियो। सो छलफलमा न्यायालयलाई सुधार गर्न आफू तयार रहेको प्रधानन्यायधीशले प्रतिवद्धता जनाएका थिए।

बारले कानुनको शासन र संवैधानिक सर्वोच्चताको लागि अदालतविरुद्ध संघर्ष गर्ने ग्रीन सिग्नल दिइसकेो छ। वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले कार्यपालिका र न्यायापालिकाबीच अपवित्र साँठगाँठ देखिएको आरोप लगाएका छन्।

अधिवक्ताहरुले प्रधानन्यायाधीश जबराको न्यायिक आचरणमा प्रश्न उठाएका छन्। अधिवक्ताहरुले प्रधानन्यायाधीशमाथि प्रश्न उठिसकेको भन्दै चित्त बुझ्दो जबाफ दिनुपर्ने बताउँदै आएका छन्। सोमबार बसेको न्यायाधीशहरुको बैठकमा प्रधानन्यायाधीशमा क्षमता अभाव भएको भन्दै विकल्प दिनुपर्ने विषय उठेको थियो। अदालतमा सोमबार नियमित इजलास समेत प्रभावित बन्यो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.