अध्यागमन विभागले ११ अफगानी नागरिकमाथि अनुसन्धान थाल्यो

अध्यागमन विभागले ११ अफगानी नागरिकमाथि अनुसन्धान थाल्यो

काठमाडौं : अध्यागमन विभागले अवैध ढंगले नेपाल प्रवेश गरेका ११ जना अफगानी नागरिकमाथि अनुसन्धान सुरु गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले सोमबार सिनामंगलस्थित एक होटलबाट पक्राउ गरी उनीहरुलाई अध्यागमन विभागमा बुझाएको थियो ।

अध्यागमन विभागका निर्देशक झंकनाथ ढकालले पक्राउ परेका अफगानीमाथि अध्यामगन ऐन/नियम अनुसारर नै कारबाही हुने बताए । निर्देशक ढकालले अन्नपूर्णसँग भने, ‘नाका छलेर गैरकानुनी ढंगले नेपाल प्रवेश गरेका छन् । उनीहरुलाई सोहीअनुसार कारबाही हुन्छ।’ अध्यागमन विभागको हिरासतमा रहेका ११ अफगानी नागरिकले नाका छलेर नेपाल प्रवेश गरेका हुन् ।

पक्राउ परेका अफगानीमध्ये केही बालबालिका र महिला समेत छन् । अफगानिस्तानमा तालेबानीले सत्ता कब्जा गरेपछि त्यहाँका नागरिक विस्थापित भएर अन्य मुलुक जाने क्रम बढेको छ ।

सशस्त्र प्रहरी बलले सीमा सुरक्षाको जिम्मेवारी पूरा गर्न नसक्दा भारतको बाटोहुँदै रोहिंज्या,अफगानीलगायत अन्य विदेशीहरु अवैध  ढंगले नेपाल प्रवेश गर्ने  गरेका छन् । उनीहरु कहिले नेपाल प्रवेश गरेका हुन् भन्ने विषय खुलेको भने छैन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.