माधव नेपाल देश बनाउन होइन एमाले बिगार्न कुदेका हुन् : ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई कसैले मास्न नसक्ने दाबी गरेका छन्। एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपाल एमाले बिगार्न माधव नेपाल कुदेका बताएका हुन्।
‘बिचरा माधव नेपाल कुदेंको देख्दा माया लाग्छ। कहिले पोखरा, कहिले धरान, कहिले धनकुटा, कहिले बाग्लुङ।’ उनले भने, ‘माधव नेपाल देश बनाउन होइन एमाले बिगार्न कुदेका हुन्। एमालेलाई कसैले मास्न सकेन। ’
उनले राणा शासनले समेत एमाले बिगार्न नसकेको दाबी गरे। उनले भने, ‘हामी देश बनाउने अभियानमा छौं। उनीहरु धनी हुन गएका हुन्। हाम्रो कार्यक्रम समाजवाद उन्मुख कार्यक्रम रहेको छ। हामी कार्यकर्ताहरुले समाजवादका बारेमा स्पष्ट पारिदिनुपर्छ। ’
एमालेको विरोध गर्नेहरु राष्ट्रियता र देश विरोधीहरु भएको ओलीको भनाई छ।
प्रतिक्रिया दिनुहोस !