प्रधानन्यायाधीश यसकारण कुर्सीमा बसिरहनु हुँदैन ?

प्रधानन्यायाधीश यसकारण कुर्सीमा बसिरहनु हुँदैन ?

काठमाडौं : संविधान र कानुनको व्याख्या गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतलाई छ। तर, त्यहि अदालतको नेतृत्वको कार्य क्षमतामाथि प्रश्न उठेको छ । जसकारण न्यायालयले केहि दिनयता चुस्त दुरुस्त कार्य सम्पादन गर्न सकिराखेको छैन । प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराले नेतृत्व गरेयता कार्यपालिकामाथि अघोषित हस्तक्षेप गरेको भन्दै सर्वोच्चकै न्यायाधीश र कानुन व्यवसायीले इजलास बहिष्कार गरेको करिब दुई हप्ता नाघिसकेको छ।

तर, जबरा बहिर्गमनका लागि तयार छैनन् । सम्मानजनक बहिर्गमन चाहेको बताएपनि जबराले निकासको बाटो अझै दिन सकेका छैनन् ।  न्यायालयले दुरुस्त काम नगर्दा सेवाग्राही प्रताडित हुनुपरेको छ भने न्यायालयमा राजनीतिक गन्ध आउन थालेको छ । 

सर्वोच्च अदालतमा पुगेका सेवाग्राहीहरुले आफू अदालतमा आउँदा काम नभएको गुनासो गर्दै आएका छन्। केहि समय त बन्दीप्रत्यक्षीकरण मुद्धाको समेत सुनुवाइ भएन । नेपाल वार एसोसिएसनसहित सम्बद्ध संस्थाहरुले प्रधानन्यायाधीशको राजीनामा पहिलो सर्त राखेका छन् ।

 जबराको राजीनामाबारे के भन्छन् अधिवक्ताहरु

–न्यायमा अवरोध सृजना

–विशेष अदालतमा पाँच महिनादेखि इजलास खाली

–स्वइच्छाचारी ढंगले पेशी तोक्नु

–न्यायीक विचलनलाई प्रोत्साहन

–सहकर्मीको विश्वास गुमाएको

–विचौलीयाको प्रभाव र दबाबा हटाउन नसकेको

–पावरपोलिटिक्स गर्न खोजेको

–नियुक्ति र सरुवाको पारदर्शी आधार खडा नगरेको

अधिवक्ता टीकाराम भट्टराइ प्रधानन्यायाधीशले राजीनामा दिनुको विकल्प नरहेको बताउँछन् । उनले भने, ‘संवैधानिक अंगको नियुक्तसम्बन्धी विवाद हेर्न ११ महिनासम्म प्रधानन्यायाधीशले सुनुवाइ तोक्नु भएन । रञ्जनकृष्ण कोइरालाको मुद्धामा आफू विवादित भएपछि सडकमा उठेको आन्दोलनलाई बार र हामी कानुन व्यवसायीले न्यायापालिकाभित्र ल्यायौं र हामीले उहाँको उद्धार गर्यौं । नभए त्यतिबेलै सडकको आन्दोलनबाट फ्याकिने अवस्था थियो । त्यो एउटा भद्रसहमतिपछि पुनरावलोकन भयो। त्यो पुनरावलोकनमा निस्सा पाइसकेपछि तीन चोटीसम्म प्रधानन्यायाधीश स्वयमले त्यो मुद्धा पेसी स्थगित गर्नुभयो । त्यो दोस्रो कारण हो ।’

अधिवक्ता भट्टराइले भने, ‘सर्वोच्च अदालत नियमावलीमा मुद्धाको निवेदन जुन इजलाससँग सम्बन्धित छ त्यो निवेदन त्यहि इजलासमा पेश गरिनेछ भन्ने बाध्यात्मक कानुनी व्यवस्था छ । त्यसको विपरित असम्वद्ध इजलासमा पेश गर्न लगाउनुभयो र असम्वद्ध इजलासले त्यो सुनुवाइ नै रोक्ने गरी आदेश गर्‍यो । ’

उनले प्रधानन्यायाधीश जबराले विशेष अदालतमा पाँच महिनादेखि इजलास खाली हुँदापनि न्यायाधीशहरु नियुक्त गर्न नसकेको बताए । भट्टराइले भने, ‘करिब ८० जना उच्च अदालतका न्यायाधीश नियुक्त गर्न सक्नुभएन । सर्वोच्च अदालतमा एकजना न्यायाधीश खाली छ, त्यो पनि उहाँले नियुक्त गर्न सक्नुभएन । समग्रमा न्यायमा उहाँले अवरोध सृजना गरेका यी पाँचवटा कारण छन्। ’

प्रधानन्यायाधीशले मुद्धा र न्यायाधीश तोक्ने कुनैपनि पारदर्शी आधार र मापदण्ड तयार नगरिकन स्वइच्छाचारी ढंगले पेशी तोक्ने गरेको अधिवक्ताहरु बताउँछन् । अधिवक्ता भट्टराइले थपे, ‘दुई वर्षअगाडि दर्ता भएको मुद्धाको पालो १२ नम्बरमा आउने, ६ महिनाअघि दर्ता भएको मुद्धा १ नम्बरमा पालो आउने त्यस्तो मुद्धा भरसक आफ्नै इजलासमा नभए सधैंभरी आफूमा पार्ने आफू पक्षधर न्यायाधीशको इजलासमा तोक्नुभयो । पारदर्शी मापदण्ड निर्धारण गर्नुभएन । ’
वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशले राजीनामा नदिँदासम्म आन्दोलन नरोकिने बताए । उनले भने, ‘न्यायीक विचलनलाई उहाँले प्रोत्साहन गर्नुभयो । अब उहाँले राजीनामा दिएर निकासको बाटो रोज्नुपर्छ। उहाँलाई नैतिकरुपमा त्यहाँ बस्ने अधिकार छैन। ’

न्याय प्रशासन र न्याय सम्पादन दुवैको प्रमुख हो प्रधानन्यायाधीश । तर, प्रधानन्याधीश जबराले न्याय प्रशासन र न्याय सम्पादन स्वच्छ ढंगले चलाउन सकिरहेका छैनन् । अहिले सर्वोच्च अदालतमा विभिन्न राजनीतिक दल र तीनका नेताका मुद्धाहरु छन् । प्रधानन्यायाधीशले राजनीतिक दलको नेताले जस्तो पावरपोलिटिक्स गर्न लागेको अधिवक्ताहरु बताउँछन् ।

नेपाल बार एसोसियसनका महासचिव लीलामणी पौडेलले न्यायापालीका गम्भीर मोडमा रहेको बताए । उनले भने, ‘न्यायापालीका सुधारका लागि बार सदैब कटिबद्ध छ । सम्माननीय प्रधानन्यायाधीशले न्यायीक सुधार गर्न सक्नुभएन । उहाँले विचौलीया भ्रष्टाचार नियन्त्रण गर्न सक्नुभएन । जे भन्नुभयो, पुरा गर्न सक्नुभएन।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.