नेपाल बारले भन्यो : प्रधानन्यायाधीशज्यू अब इजलासमा नबस्नुहोस्

नेपाल बारले भन्यो : प्रधानन्यायाधीशज्यू अब इजलासमा नबस्नुहोस्

काठमाडौं : नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई इजलासमा नबस्न आग्रह गरेको छ । बारको शुक्रबार बसेको बैठकले प्रधानन्यायाधीशले न्यायापालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै इजलासमा नबस्न माग गरेको हो ।

यस्तै, बैठकले कात्तिक १४, १५, १६ र १७ गते बिहान ११ देखि १२ बजेसम्म सर्वोच्च अदालतमा विरोध गर्ने निर्णय गरेको महासचिव लीलामणी पौडेलले जानकारी दिए।  यस्तै, कात्तिक १६ गते सर्वोच्च अदालत प्राङगणमा धर्ना तथा विरोध सभा गर्ने बारको निर्णयमा उल्लेख छ । बारका ९० वटै एकाइका अध्यक्ष र सचीवसँग भर्चुअलमार्फत् छलफल र अन्तक्रिया गर्ने बारले जनाएको छ। 

बैठकले न्यायापालिकाको वर्तमान अवस्था र बारको निर्णयका बारेमा ९० वटै बारका एकाइहरुमा परिपत्र गर्ने पनि निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.