‘पार्टीको नियम र प्रणाली बमोजिम उम्मेदवारी घोषणा गरेँ’
काठमाडौंः नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफ्नो उम्मेदेवारी घोषणा स्वभाविक रहेको बताएका छन्। उनले काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो उम्मेद्वारी अध्यक्ष पदमा स्वभाविक रहेको बताए।
उनले भने, ‘हाम्रो पार्टीमा कुनै छलफल छैन। २०४८ सालदेखि निरन्तर राजनीतिमा क्रियाशील छु। अहिले प्रतिनिधि सभाको सदस्य पनि हुँ।’
पार्टीको नियम र प्रणाली बमोजिम उम्मेद्वारी घोषणा गरेको उनले बताए। रावलले पार्टीले प्यानल बनाउन प्रतिबन्ध लगाएकाले एक्लै उम्मेदवारी दिने बताए।
उनले भने, ‘प्यानल बनाएर जाँदैन। सबैसँग छलफल हुन्छ।’ यसअघि एमाले अध्यक्ष ओलीले सहमतिबाटै नेतृत्व चयन हुने बताएका थिए।
‘कसरी अगाडि बढ्ने भन्नेबारेमा नेतृत्वसँग कुराकानीको प्रस्ताव राखेपनि सुनुवाइ भएन। आफूभित्रको निष्ठासहित महाधिवेशन आउन पाँच दिन बाँकी रहँदा मैले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरे,’ उनले भने।
प्रतिक्रिया दिनुहोस !