एमाले महाधिवेशनमा आउँदैछन् नेपालका यी शीर्ष नेता

एमाले महाधिवेशनमा आउँदैछन् नेपालका यी शीर्ष नेता

चितनव: नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु सहभागी हुने भएका छन्। 

एमाले प्रचार प्रसार विभागका प्रमुख विशाल भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा आउने निश्चित भएको बताएका छन्। उनका अनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा सहभागी हुनेछन्।

उनले नेकपा माओवादी केनद्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निम्ता दिइए पनि आउने नआउने निश्चित भइनसकेको बताए। तर प्रचण्ड महाधिवेशनमा सहभागी नहुने बताइएको छ।

उनका अनुसार भोलि (शुक्रबार) हुने उद्घाटन सत्रका लागि चितवनको विभिन्न ७ वटा स्थानबाट विशाल जुलुस प्रदर्शन गरिनेछ। उद्घाटन सत्रमा ५ लाख मानिसहरु ल्याउने दाबी गरेको एमालेले सहभागीहरुका लागि डिजिटल स्क्रिनहरुको व्यवस्था गरेको जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.