एमालेका लागि हैन, देशका लागि एकल बहुमत चाहिएको छ : ओली

एमालेका लागि हैन, देशका लागि एकल बहुमत चाहिएको छ : ओली

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई नभई देशका लागि बहुमत चाहिएको बताएका छन्। चितवनमा जारी पार्टीको १०औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले एमालेका लागि एकल बहुमतको जरुरी रहेको बताएका हुन्। 

‘एमालेलाई बहुमत हैन, देशका लागि बहुमत चाहिएको हो। लोकतन्त्रको रक्षा, संविधानको रक्षाका लागि, नेकपा एमालले बहुमत ल्याउनुपर्छ। विकासको लहर ल्याउनका लागि बहुमत चाहिएको हो,’ उनले भने।

उनले एमाले नेपालको राजनीतिक, आर्थिक, सामाजिक समस्या समाधान गर्न सदैव कटिबद्ध रहेको बताए। उनले सम्बोधनको क्रममा भने, 'नेपालको सबैभन्दा ठूलो पार्टी, सेन्टिमेन्टल कुरा होइन। वास्तविकरुपमा अग्रगामी परिवर्तन कसरी गर्न सकिन्छ भनेर व्यवहारिक कार्यान्वन गर्ने पार्टी हो एमाले।'

उनले एमाले अब चुनावको तयारीमा रहेको बताउँदै भने- 'तपाईँहरुले छानेर पठाएका प्रतिनिधि गैरजिम्मेवार छैनन्। अत्यन्तै जिम्मेवार छन्।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.