कांग्रेस महाधिवेशन : प्रतिनिधि छनोट निर्वाचनमा हारे अमरेश सिंह
काठमाडौं : नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन्। सर्लाही क्षेत्र नम्बर ४ मा मंगलबार सम्पन्न निर्वाचनमा सिंह पराजित भएका हुन्।
निर्वाचित हुनेहरूले ५ सय बढी मत पाउँदा सिंहले जम्मा २४८ मत मात्र पाएका थपए। दुई पक्षका अवरोधका कारण सर्लाहीमा निर्वाचन पटक पटक सरेको थियो।
विवादका कारण गोलीसमेत चलेको थियो।सर्लाही ४ मा प्रदेश सासद एवं प्रदेश २ का मन्त्री सुरेन्द्रकुमार सिंहले प्यानलै जिताएका छन्। यो परिणामसँगै मधेसको कोटाबाट सहमहामन्त्री लड्ने सिंहको योजनामा धक्का पुगेको छ।
प्रतिक्रिया दिनुहोस !