बालुवाटार पुगेर प्रचण्ड र माधव नेपालले भने- एमसीसी पास गर्न सकिँदैन

बालुवाटार पुगेर प्रचण्ड र माधव नेपालले भने- एमसीसी पास गर्न सकिँदैन

काठमाडौं: सत्तारुढ दलका दुई शीर्ष नेता नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले तत्काल एमसीसी पास गर्न नसकिने बताएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवालाई बिहीबार बालुवाटारमा भेटेर उनीहरुले एमसीसी पास गर्न नसकिने बताएका हुन्। उनीहरुले जनस्तरबाट उठेका सबालहरूको सम्बोधन नगरी यथास्थितिमै एमसीसी पारित गराउन नसकिने भन्दै थप समय लिनुपर्ने सुझाव दिएका थिए।

अमेरिकी सहायता परियोजना एमसीसी फेब्रअरी २८ भित्र संसदबाट पास गर्नैर्ने रस्सकस्सीका बीच सत्तारुढ दलका नेताहरुले पास गर्न इन्कार गरेका हुन्। प्रधानमन्त्री देउवालेले जसरी पनि एमसीसी पास गर्नुपर्ने भन्दै गठबन्धनका नेताहरुलाई दबाब दिँदै आएका छन्।

यसबीच उनले प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई समेत एमसीसी पासका लागि सहयोग गर्न आह्वान गरेका थिए। तर गठबन्धन दलबीच नै एमसीसीबारे फरक फरक मत रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.