एजेन्डाविपरीत सभापतिले एमसीसी विषयमा छलफल गराएको आरोप
काठमाडौं: प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले एजेन्डामै नरहेको एमसीसी विषयमा जबर्जस्ती छलफल गराएको नेपाली कांग्रेसका नेताहरुले आरोप लगाएका छन्।
बुधबार बालुवाटारमा बसेकाे पदाधिकारी बैठकमा विभिन्न एजेन्डा तय गरेको भए पनि आजको कार्यसम्पादन बैठकमा सभापति देउवाले एक्लौटीरुपमा एमसीसीको विषयमा छलफल गराएको कांग्रेसका नेताहरुले आरोप लगाएका छन् ।
'एक दिनअघि नै कार्यसम्पादन समिति बैठकमा छलफलका लागि एजेन्डा तय गरेका थियौं। तर सभापतिज्युले बैठक सुरु हुनेवितिकै एमसीसीको विषयमा छलफल चलाउनुभयो। एमसीसी केन्द्रीत छलफलले अन्य विषयमा छाँयामा पर्यो,' बैठकमा सहभागी एक नेताले अन्नपूर्णसँग भने।
महामन्त्री विश्वप्रकाश शर्माले पदाधिकारी बैठकमा स्थानीय निर्वाचन, भातृसंस्था र अधिवेशन हुन बाँकी रहेका जिल्लाका सम्बन्धमा छलफल गर्न एजेन्डा तय भएको बताए। पार्टी कार्यालय सानेमा बसेको कार्यसम्पादन बैठकले ९ बुँदे निर्णय गरेको थियो।
प्रतिक्रिया दिनुहोस !