एमसीसी पारित नभए नेपालसँगको सम्बन्ध समीक्षा गरिने अमेरिकी मन्त्रीको चेतावनी

एमसीसी पारित नभए नेपालसँगको सम्बन्ध समीक्षा गरिने अमेरिकी मन्त्रीको चेतावनी

काठमाडौं: अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालका प्रमुख तीन राजनीतिक दलका शर्ष नेताहरुसँग टेलिफोन वार्ता गरेका छन्। लुले बिहीबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग टेलिफोन वार्ता गरेका हुन्।

अमेरिकी सहायता परियोजना एमसीसीको विषयमा तीन जनै नेतासँग छलफल भएको हो। छलफलका क्रममा मन्त्री लुले एमसीसी अनुमोदन नभए नेपालसँगको सम्बन्ध समीक्षा गरिने चेतावनी दिएको बताइएको छ। एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले मन्त्री लु र अध्यक्ष ओलीबीच टेलिफोन वार्ता भएको पुष्टि गरे। उनले लु र ओलीबीच नेपाल र अमेरिकाको ऐतिहासिक सम्बन्धबारे चर्चा भएको बताए।

'सहायक विदेशमन्त्री डनाल्ड लुले नेपाल र अमेरिकाको पुरानो सम्बन्धबारे चर्चा गर्नुभएको थियो। उहाँले यदि एमसीसी पास नभए नेपाल र अमेरिकाको ऐतिहासिक सम्बन्धमा प्रभाव पार्नसक्ने बताउनुभएको थियो,' लुको भनाइ उद्धृत गर्दै भट्टराईले अन्नपूर्णसँग भने।

त्यस्तै माओवादीका एक नेताले पनि प्रचण्डसँग टेलिफोन वार्ता भएको पुष्टि गरे। लुले माओवादी अध्यक्ष प्रचण्डलाई फेब्रअरी २८ भित्र एमसीसी पास गर्ने पत्रमा हस्ताक्षर गरेको स्मरण गराउँदै अनुमोदन गर्न आग्रह गरेको ती नेताले बताए। त्यस्तै बालुवाटार स्रोतले समेत प्रधानमन्त्री देउवासँग टेलिफोन वार्ता भएको पुष्ट गरेका थिए। उनले प्रधानमन्‍त्री देउवासँग एमसीसी टेबुल गर्न किन विलम्ब भएको बारे प्रश्न गरेका थिए। 

यसअघि एमसीसीका उपाध्यक्ष फातिमा सुमारले नेपाली सञ्चारकर्मीहरुसँग साक्षत्कार गर्दै यो अन्तिम मौका रहेको बताएकी थिइन्। उनले नेपाली नेताहरुले नै फेब्रअरी २८ को समयसीमा मागेकाले त्यसको सम्मान हुने अपेक्षा गरेकी थिइन्। उनले उक्त समयसीमामा पनि एमसीसी पास नभए उक्त परियोजना अन्य आवश्यक परेका देशलाई दिइने बताएकी थिइन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.