एमसीसी डाइभर्ट गर्न महाभियोग ल्याएको होइन : कांग्रेस नेता केसी

एमसीसी डाइभर्ट गर्न महाभियोग ल्याएको होइन : कांग्रेस नेता केसी

काठमाडौं : नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले न्यालयको गतिरोधलाई निकास दिन प्रधानन्यायाधीश चोलेन्द्र शम्‍शेर जबराविरुद्ध महाभियोग दर्ता गराएको बताएका छन् ।

केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै केसीले न्याय दिन नसक्ने अवस्था र आन्तरिक द्वन्द्वको अवस्थामा न्यायलयलाई समाधान दिन महाभियोग अघि बढाइएको बताए ।

उनले एमसीसी र महाभियोगको विषय नै फरक भएको बताए । 'एमसीसीको बहस डाइभर्ट गर्न महाभियोग आएको होइन । एमसीसी अर्कै हो । महाभियोग अर्कै हो । डाइभर्ट गर्न खोजेको होइन,' उनले भने, 'न्यायलयमा निकास निकाल्न जरुरी थियो । अब संसदमा गणीतीय कुरा आउने दिनमा टुंगो लाग्ला ।'

उनले एमसीसीबारे पार्टीमा औपचारिक छलफल नभए पनि ढिलै भए पनि महाभियोग आउनु सकारात्मक भएको बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.