बालकोटमा कांग्रेस-एमाले बैठक, को को छन् सहभागी ?

बालकोटमा कांग्रेस-एमाले बैठक, को को छन् सहभागी ?

काठमाडौं : प्रमुख सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच बैठक सुरु भएको छ । 

भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा शुक्रबार दुई दलका नेताहरुबीच वार्ता सुरु भएको हो । बैठकमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा साँझ बालकोट पुगेका थिए । देउवाअघि कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की बालकोट पुगेका थिए ।

बैठकमा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी छन् । 

अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट अनुमोदन गर्न प्रधानमन्त्री देउवाले राजनीतिक दौडधुप तीव्र पारेका छन् ।

सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी अनुमोदन गराउन कुनै हिसाबले पनि सहयोग गर्न तयार नभएपछि एमालेको साथ खोज्दै कांग्रेस नेताहरु पुन: बालुवाटार पुगेका हुन् ।

यसअघि देउवाले आज प्रचण्ड र माधव नेपालसँग एमसीसी अनुमोदनबारे छुट्टाछुट्टै छलफल गरेका थिए । हिजोमात्रै देउवाले एमालेसँग दुई चरणमा छलफल गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.