एमसीसीमाथि सैद्धान्तिक छलफलको प्रस्ताव बहुमतले स्वीकृत, आधा घण्टाका लागि बैठक स्थगित

एमसीसीमाथि सैद्धान्तिक छलफलको प्रस्ताव बहुमतले स्वीकृत, आधा घण्टाका लागि बैठक स्थगित

काठमाडौं : प्रतिनिधसभाबाट एमसीसीमाथिको सैद्धान्तिक छलफलको प्रस्ताव बहुमतले पारित भएको छ । प्रस्ताव पारित भएसँगै सभामुख अग्निप्रसाद सापकोटाले आधा घण्टाका लागि संसद बैठक स्थगित गरेका छन् ।

सभामुख सापकोटाले अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव ध्वनी मतका आधारमा प्रक्रियामा लगेका थिए ।

उक्त प्रस्तावलाई संसदको बहुमतले स्वीकृत गरेको हो । प्रस्ताव स्वीकृत भएसँगै सभामुख सापकोटाले एमसीसी अनुमोदन गर्ने सम्बन्धी प्रस्तावमा संशोधन नहुने जानकारी गराएका थिए ।

सम्झौता अनुमोदन गर्ने सम्बन्धी प्रस्तावमा आरक्षण सम्बन्धी व्यवस्था अर्थात संशोधनको व्यवस्था नभएको भन्दै सभामुखले साढे ६ बजेसम्मका लागि बैठक स्थगित गरे ।

साढे ६ बजे बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौतालाई निर्णयार्थ पेश गर्नेछन् ।

सैद्धान्तिक छलफलमा एमाले भीम रावलसहित सत्तारुढ गठबन्धनका सांसदहरुले पक्ष र विपक्षमा धारणा राखेका थिए । प्रतिपक्षी एमालेका सांसद भने बैठक अवधिभर उभिएर नाराबाजी गर्दै अवरोध गरिरहे । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.