जनताको घरदैलोमा पुग्ने स्थानीय तह हो, बहुमत प्राप्त नभए सहज हुँदैन : ओली

जनताको घरदैलोमा पुग्ने स्थानीय तह हो, बहुमत प्राप्त नभए सहज हुँदैन : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा बहुमत ल्याएर विजयी बनाउने गरी लाग्न निर्देशन दिएका छन्। बुधबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले स्थानीय तहमा बहुमत प्राप्त नगर्दा केन्द्र सरकारमा बहुमत आएपनि पनि सहज नहुने धारणा राखे।

‘भोली केन्द्रमा बहुमतको सरकार बनेपनि आखिर विकास, केन्द्रीय केही आयोजनाबाहेक जनताको घरदैलोमा पुर्‍याउने त स्थानीय तह हुन्। यसकारण स्थानीय तहको निर्वाचनमा हामीले महत्त्वपूर्ण ठाउँहरूमा र आमरूपमा बहुमतको साथ विजय हासिल गर्न सकेनौं भने हामीले बहुमत प्राप्त गर्दा पनि सहज नहुने स्थिति हुन्छ। ’उनले थपे, ‘त्यसकारण हामीले यसमा बहुमत प्राप्त गर्नुपर्नेछ।’

जनताको अभिमतबाट अभिभारा पूरा गर्न सक्ने भएकाले निर्वाचनबाट बहुमत ल्याउनुपर्ने उनको भनाई छ। ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनमा एमाले मूलधार भएको बताए।  

 
उनले एमालेमा पार्टी प्रवेशको लहर चलेको समेत बताए। ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने अभिभारा एमालेको काँधमा रहेको दाबी गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.