श्रीलंकाको जस्तो आर्थिक संकट नेपालमा आउन दिदैनौं : प्रचण्ड

श्रीलंकाको जस्तो आर्थिक संकट नेपालमा आउन दिदैनौं :  प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले देश श्रीलंकाको जस्तो आर्थिक संकटमा जाने अवस्थामा नरहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा सम्बोधन गर्दै अर्थतन्त्रलाई दुर्घटनामा जानबाट रोक्न विशेष योजना ल्याउन आफू लागेको बताए । 

'अर्थतन्त्रलाई दुर्घटनामा जानबाट रोक्न हामी छलफल गरेर योजना ल्याउँदैछौं, ' प्रचण्डले भने, 'श्रीलंकाको जस्तो अवस्थामा नेपाल जाँदैन ।' उनले आफूले प्रधानमन्त्रीसँग पनि छलफल गरेको र अर्थविद्हरुसँग पनि परामर्श भइरकेो बताए।

प्रचण्डले चुनावमा गठबन्धन मिलेर जाने प्रष्ट  पारे । उनले भने, 'चुनावमा हामी गठबन्धन बनाएर जानेमा द्वुविधा छैन, मिलेर जान्छौं ।' माओवादीले मुलुकमा अप्ठ्यारो पर्दा जहिले पनि मुख्य भूमिका खेलेको भन्दै अप्ठ्यारो चुनौतीलाई पार लगाउन पछि नपर्ने बताए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.