सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण
काठमाडौं : निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिएको भन्दै भट्टलाई स्पष्टीकरण सोधिएको आयोगका सहायक प्रवक्ता एवम् उपसचिव सूर्यप्रसाद अर्यालले जानकारी दिए।
अर्यालका अनुसार आयोगले बुधबार मुख्यमन्त्री भट्टलाई पत्र पठाई स्पष्टीकरण मागेको हो। मुख्यमन्त्री भट्टले कैलालीको कैलारी गाउँपालिकाका अग्निपीडितलाई तुरुन्तै घर बनाइदिने लगायतको आश्वासन दिएर निर्वाचनमा मत प्रभाव पार्ने गरी अभिव्यक्ति दिएका थिए।
यसैगरी निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिने निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेललाई पनि आयोगले स्पष्टीकरण सोधेको छ।
प्रतिक्रिया दिनुहोस !